वान एक्स बेट’ प्रचार गरेको आरोपमा कलाकार बल्छी ध्रुबे र राजु मास्टरसहित ८ जना पक्राउ

Advertisement

काठमाडौं : अवैध रुपमा अनलाइन जुवा खेल्नको लागि प्रचार प्रचारमा देखिएपछि कलाकार मरिचमान श्रेष्ठ ‘बल्छि ध्रुवे’, राजु पौडेल ‘राजु मास्टर’ सहित ८ जना पक्राउ परेका छन् । अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीका अनुसार श्रेष्ठ र पौडेलसहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा युट्युबर पनि संलग्न  छन्।

‘वान एक्स बेट’नामक प्रतिबन्धित अनलाइन बेटिङ एपमार्फत अवैध कारोबार गरेको आरोपमा उनीहरुमाथि प्रहरीले निगरानी गरिरहेको थियो । प्रहरीले ७४ करोड बढीको अनलाइन जुवा खेलाएको आरोपमा बुधबार मात्रै ५ जना नियन्त्रणमा लिएको थियो ।

यहि घटनाको अनुसन्धान गर्दै जाँदा कलाकारहरुको पनि संलग्नता देखिएको थियो । कलाकारहरुले वान एक्स बेटमा सट्टेबाजी खेलाउने र यटुबमा यसको विज्ञापन गर्ने गरेका थिए ।

उनीहरूले युट्युबमा प्रोमो कोड प्रयोग गरी वान एक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गरेका थिए । नेपालमा अवैध रहेको अनलाइन जुवा खेल्नका लागि उनीहरुले विज्ञापनमार्फत युवाहरुलाई आकर्षण बनाएको आरोप छ ।


Posted

in

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *