अर्घाखाँचीमा लागू भयो, ट्याक्सीको नयाँ भाडादर

Advertisement

गोपाल प्रसाद भट्टराई
असार –०१,अर्घाखाँची । अर्घाखाँचीमा ट्याक्सीको नयाँ भाडादर कायम भएको छ । जिल्ला स्तरीय भाडा निर्धारण समिति र सरोकारवालाको शुक्रबार जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा सम्पन्न बैठकले नयाँ भाडा कायम गरि लागू गर्ने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी कमलराज ढकालको अध्यक्षतामा बसेको समितिको बैठकले
जिल्लामा कालोपत्रे अर्थात पिच गरिएको सडकमा प्रति किलोमिटर ५० रुपैंया र कच्ची तथा ग्राभेल सडकमा प्रति किलोमिटर ६५ रुपैंया भाडादर कायम गरि कार्यान्वयनमा ल्याएसङ्गै ट्याक्सीको नयाँ भाडादर कायम हुने भएको हो । बैठकले सन्धिखर्क र चुत्राबेसी एरियामा १ सय रुपैयाँ र लामो रुटमा ट्याक्सी सेवाको आधार दर ५० रुपैयाँ कायम गरेको छ । यो नियम अनुसार सन्धिखर्कबाट जिल्ला अस्पताल गएको ट्याक्सी भाडा १ सय रुपैयाँ तिर्नुपर्ने छ भने सन्धिखर्कबाट अर्घासम्म ८ किलोमिटरको भाडा ४ सय ५० कायम भएको छ । २०७० सालबाट अर्घाखाँचीमा ट्याक्सी सेवा सुरु भइ २०७५ सालमा सर्वपक्षिय बैठकबाट कायम भएको भाडादर हालसम्म हेरफेर हुन नसकेको र भाडा महगों भएको गुनासो आएपछि बैठक बसेर यस्तो सहमती कायम गरिएको हो । प्रमुख जिल्ला अधिकारी तथा जिल्ला स्तरीय भाडा निर्धारण समितिका संयोजक ढकालको अध्यक्षतामा राजनितिक दल,सुरक्षा निकाय,अर्घाखाँची ट्याक्सी व्यवसायी प्रा.लि.,लकां यातायात प्रा.लि.,उद्योग वाणिज्य संघ,चेम्बर अफ कमर्स,उपभोक्ता हित संरक्षण मन्च,पत्रकार लगायत सरोकारवालाको उपस्थितिमा बैठक बसेको हो । बैठकले कायम गरेको भाडा कार्यान्वयनमा आएसंगै सन्धिखर्कबाट बुटवलको भाडा ५ हजार ७ सय ५० सय कायम भएको छ ।


by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *