चलचित्र ‘अदृश्य’ को फस्र्टलुक पोस्टर सार्वजनिक

Advertisement

काठमाडौँ,  । अभिनेता प्रमोद अग्रहरी, सोहित मानन्धर र रिस्ता बस्नेतको मुख्य भूमिका रहेको चलचित्र ‘अदृश्य’ को फस्र्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । प्रल्हाद काफ्लेको निर्माण तथा निर्देशनमा निर्माण भएको चलचित्र आगामी साउन १९ गतेबाट प्रदर्शनमा आउने भएको छ । चलचित्रको सार्वजनिक पोस्टरमा अभिनेता प्रमोद अग्रहरीलाई लामो दाह्री, कपालमा हेल्मेटसहित भिन्न अवतारमा प्रस्तुत गरिएको छ । पोस्टरमा सोहित र रिस्ताले कुनै अकल्पनीय घटनाबाट अचम्मित भएको भावमा देखिनुहुन्छ ।

पीताम्बर फिल्मस्को प्रस्तुतिमा निर्माण भएको चलचित्रमा प्रविन खतिवडा, छुल्ठिम गुरुङ, रवि गिरी, सिएम भारद्वाज सुवेदी, विकेश प्रजापति, गीत विष्ट, सुरज विष्ट, जसिता घिमिरे, सन्दीपबाबु लोहनी, रुपेश दाहाल, सुजन वज्राचार्य, अजित रेग्मी, रुपेश थापा, अभिमानसिंह बस्नेत र प्रतीक भुजेललगायतका कलाकारको पनि अभिनय रहने छ । चलचित्रमा आकाश उखेडाको कथा, पटकथा तथा संवाद, उत्तम हुमागाईं र मोहनकुमार झिल्लुको छायाङ्कन, विशाल पौडेलको सङ्गीत, सङ्गीतकार पौडेल र सीमा सङ्ग्रौलाको गायन, मुकेश शाहको पाश्र्व सङ्गीत, निशान घिमिरेको कलर, बनिश शाहको सम्पादन रहने छ ।


Posted

in

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *