गठबन्धन गर्न आउने पार्टी कमजोर पार्टी हो : काँग्रेस महामन्त्री थापा

Advertisement

निशा राई

धरान, । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नेपाली काँग्रेस सबै भन्दा ठुलो पार्टी भएको बताउनुहुँदै कसैसँग गठबन्धन गरिरहन आवश्यक नहुने  बताउनुभयो ।  शनिवार धरानमा भएको नेपाली काँग्रेसका प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यहरूको संयुक्त भेलालाई सम्बोधन गर्नुहुँदै उहाँले नेपाली काँग्रेस ठुलो पार्टी भएको बताउनुभएको हो । गएको निर्वाचनमा तीन सय २९ जना पालिका प्रमुख, दुई हजार छ सय ६८ जना वडाको वडाध्यक्ष, पाँच हजार तीन सय १३ जना वडा सदस्य नौ जना मन्त्री चार जना मुख्य मन्त्री रहेकोले नेपाली काँग्रेस सबै भन्दा ठुलो पार्टी रहेकाले कुनै पार्टीसँग गठबन्धन गरिरहन नपर्ने बताउनुभयो ।

गठबन्धनले पार्टी कमजोर भएको र विपक्षी पार्टीले डर मात्र देखाएको बताउनुहुँदै, गठबन्धन गर्न आउने पार्टी कमजोर पार्टी हो र कमजोर पार्टीसँग गठबन्धन गर्दा नेपाली काँग्रेस पनि कमजोर हुँदै गएको महामन्त्री थापाले बताउनुभयो ।  उहाँले काम गरेर देखाउनलाई २०८४ सालको चुनाव पर्खन नपर्ने बताउनुहुँदै अब चार वर्ष राम्रो काम गरे २०८४ सालको चुनावमा पनि पहिलो पार्टी बन्ने बताउनुभयो ।


Posted

in

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *