महानायक बहस : दुई कित्तामा सिने र संचार जगत

Advertisement

काठमाडौं । पछिल्लो समय नेपाली सिने जगत महानायक शब्दले निकै जुर्मुराएको छ । कलिउडमा अहिले महानायक को ? यो संज्ञा कसले दिने ? महानायकका मापदण्ड र विशेषता के के हुन् ? सिने महानायक किन भन्ने जस्ता विषयमा निकै चर्चा हुने गरेको छ । महानायक विषयमा नेपाली चलचित्र जगतका नायक नायिका तथा कलाकारहरु बीच नै आरोप प्रत्यारोप र दोहोरी चल्ने गरेको छ ।

चलचित्र पत्रकार तथा रजतपट कार्यक्रम सञ्चालक प्रकाश सुवेदीले दीपाश्री निरौलासँग महानायकको विषयमा प्रश्न गरेपछि पछिल्लो समय सिने जगतमा महानायकको चर्चा बढी हुन थालेको हो । दीपाश्री निरौलाले केही वर्ष पहिले टेलिभिजनले नै राजेश हमाललाई महानायक संज्ञा दिएको र समयअनुसार महानायक परिवर्तन हुँदै जाने बताएपछि कलिउडमा महानायकको बहस निकै चर्चित बन्यो ।

नेपाली चलचित्र जगतमा राजेश हमाल निकै रुचाइएका नायक हुन् । एक समय उनले चलचित्र जगतमा राज नै गरेका थिए र नेपाली दर्शकहरुको मन जित्न सफल भएका थिए । नेपाली जनताले राजेश हमाललाई दिइएको महानायकको पदवीमा कहिल्यै कसैले प्रश्न उठाएका थिएनन् ।

तर पछिल्लो समय यस विषयलाई लिएर नेपाली सिने जगत र संचार माध्यम नै दुई कित्तामा बाँडिएको पाइन्छ । नेपाली चलचित्रमा आफ्नो राम्रो छाप छाडेका नायकहरु भुवन केसी, शिव श्रेष्ठलगायतहरु महानायकको विषयमा प्रतिक्रिया दिएर आफ्नो छवि धमिल्याउन पुगेको भन्दै सर्वत्र आलोचना हुन थालेको छ । नेपाली चलचित्र जगतमा महानायकका रुपमा दर्शकबाट मन जितेका भद्र र बौद्धिक व्यक्तित्वका धनी राजेश हमालले अहिले चलिरहेको महानायकको विवाद र बहसका बारेमा एक कार्यक्रममा भनेका छन्, ‘रुख लगाउँ, तर उक्त रुखबाट तिमीले छायाँँको आशा नगर । तिमीले नै रोपेको रुख भएपनि यसले अरुलाई छायाँ र शीतलता प्रदान गर्न देउ ।’

यस प्रतिक्रियाबाट पनि राजेश हमालको व्यक्तित्वको बारेमा बुझ्न सकिन्छ । हमाल नेपाली चलचित्र जगतमा निष्कलंक व्यक्तित्व बनाउन सफल महानायक पनि हुन् ।


Posted

in

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *