निजामती कर्मचारीद्वारा नरपानिमा बृक्षराेपण
धुव्रराज खनाल
अर्घाखाँची । निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति अर्घाखाँचीको आयोजनामा सन्धिखर्क नगरपालिका वार्ड ६ नरपानीमा रहेको मनोज- झपेन्द्र -सुरेन्द्र स्मृति पार्कमा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा नेकपा एमाले जिल्ला अध्यक्ष पिताम्बर भुसाल, सन्धिखर्क नगरपालिका प्रमुख कृष्ण प्रसाद श्रेष्ठ,मालारानी गाउँपालिका वाडनम्वर ५ का वाडअध्यक्ष तिलक मिश्र,सनपा वाडनमवर ६ का वाडअध्यक्ष श्रिधर महत्रा निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष गणेश भण्डारी लगायतको उपस्थित रहेको थियो ।
पर्यटकिय क्षेत्र नरपानिलाइ सुन्दर बनाउनकाे विभिन्न थरिका बिरुवा राेपिएकाे सगठनका सचिव पशुपति खनालले जानकारी दिनुभयाे ।
Leave a Reply