प्रेस चाैतारी अर्घाखाँची साधारण सभा: सरकारकै सेटिङ्गमा सुन तस्करी भएको छः एमाले अध्यक्ष भुसाल

Advertisement

 

करिश्मा खनाल
अर्घाखाँची । नेकपा एमाले जिल्ला अध्यक्ष पिताम्बर भुसालले वर्तमान सरकारकै सेटिङ्गमा सुन तस्करी भएको गम्भीर आरोप लगाउनुभएको छ । सुन तस्करी काण्डमा सरकारको सेटिङ्ग र त्यसका नाइकेले नेतृत्व गरेको दाबी गर्दै अध्यक्ष भुसालले यो सरकार रहेसम्म देशले निकास नपाउने जिकिर गर्नुभएको छ ।

प्रेस चौतारी अर्घाखाँचीको आज सन्धिखर्कमा सम्पिन्न प्रथम बार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो । “ देश र जनताको सेवा गर्नुपर्ने सरकारनै तस्करीमा लागेपछि मुलुकले निकास पाउँदैन, अध्यक्ष भुसालले भन्नुभयो, “ सुन एक क्विन्टल मात्रै होइन पछिल्लो दुई तीन महिनामा १८ देखि २० क्विन्टल सुन तस्करी भएको छ ।” अन्य दलमा भन्दा एमालेमा असल चरित्र भएका नेताहरुले नेतृत्व गरेको जिकिर गर्दै अध्यक्ष भुसालले सरकार र गठबन्धनले आफ्ना कर्तुत लुकाउन एमालेलाई हिलो छ्याप्ने गरेको तर्क गर्नुभएको छ । भुटानी शरणार्थिको प्रसंग उठाउँदै अध्यक्ष भुसालले अनुसन्धानको लागि गिरफ्तारि पर्दा टोपबहादुर रायमाझीलाई विपक्षीहरुले दोषीनै भएजसरी नङ्गाउन खोजेको भन्दै दुःख व्यक्त गर्नुभएको छ । नेता रायमाझी निस्कलङ्कित भएर बाहिर आउने विश्वास व्यक्त गर्दै अध्यक्ष भुसालले निष्पक्ष छानबिनका लागि सहयोग गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।

एमालेको सफल नेतृत्व र जनताको मोह देखेर सबै शक्ति एमालेको बिरुद्ध लागेको उल्लेख गर्दै अध्यक्ष भुसालले पार्टीलाई जोगाउन सबै तह र तप्का एक ढिक्का भएर लाग्न आग्रह गर्नुभएको छ ।

कार्यक्रममा एमाले जिल्ला सचीव विधान रायमाझी, उप–सचीव शम्भु पोख्रेल, प्रेस चौतारी केन्द्रिय निर्वाचन आयोग अध्यक्ष गणेश खनाल, केन्द्रिय सदस्य नवराज भुसाल, लुम्बिनी प्रदेश अध्यक्ष शोभाखर पन्थी, जिल्ला इन्चार्ज हिम लेकाली र एमाले मालारानी अध्यक्ष शालिकराम आचार्यले सम्बोधन गर्दै प्रेस स्वतन्त्रताको शाख बच्नेगरि निष्पक्ष र सत्य, तथ्य रुपमा कलम चलाउन पत्रकारलाई आग्रह गर्नुभएको छ । गल्ति गरे जो कसैकापनि समाचार बनाउनुपर्ने भन्दै उहाँहरुले प्रतिपक्ष भनेर एमालेले गरेका राम्रा कामको समेत समाचार नलेख्ने नगर्न सुझाव समेत दिनुभएको छ ।

प्रेस चौतारी जिल्ला अध्यक्ष बसन्त श्रेष्ठ छापेलीको अध्यक्षता, उपाध्यक्ष सविता आचार्यको स्वागत मन्तव्य र जिल्ला सचीव सिद्धार्थ के.सी.को संचालनमा सम्पन्न कार्यक्रममा प्रेस युनियन जिल्ला सभापति लक्ष्मण घिमिरे, प्रेस सेन्टर अर्घाखाँचीका प्रतिनिधि बाबुराम रसाइली, प्रगतिशील पत्रकार संघका केन्द्रिय सचीव गोपालप्रसाद भट्टराई, समाजवादी प्रेस संगठनका जिल्ला अध्यक्ष सागर परियार र जनपत्रकार संगठनका लुम्बिनी प्रदेश सचीव अनिल नेपालीले पनि मन्तव्य राख्नुभएको थियो । देश र जनताको पक्षमा कलम चलाउँदै प्रेस तथा वाक स्वतन्त्रता र पेशागत सुरक्षा एवम् सुनिश्चितताको निम्ती सबै पत्रकार एकै ठाउँमा आउनुपर्नेमा जोड दिनुभएको छ ।


Posted

in

,

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *