बाँझो जमिनमा आयआर्जनमुलक कृषी खेती गदै भुमिकास्थान नगरपालिका

Advertisement

गणेश खनाल
अर्घाखाँची । ग्रामिण भेगबाट बजार झर्नेको संख्यामा बृद्धि भए गाउँपाखामा रहेका उर्वर भुमि बाझो हुने क्रम बढिरहेको छ । पुराना कलाले भरिएर बनाएका ढुङ्गाको छानो भएका परम्परागत शैलीका घर जिण अवस्था पुगेका छन् । गाउँमा बसेका गाउँलेमा पनि किसानी प्रति त्यति लगाव भएका पाईदैन् । दुख सुख गरेर उप्पादन गरेको अन्नबालीलाई बाँदर र बँदेलको खाँदा किसानमा झन निरास पैदा भएको ।
खेतियोग्य जमिन बर्सेनि बाँझो जमिनमा परिणत हुन थालेपछी पालिकालाई आत्मनिर्भर बनाउने सोचसहित भुमिकास्थान नगरपालिकाले बाँझो जमिनको खोजि गरेको छ । नगर भित्रका खेतियोग्य बाँझो जमिनमा नगरले नै कागतीखेती, आलुखेती, कफीखेती, सुन्तलाखेती लगायतका आयआर्जन दिने बिरुवाका लागि सम्भाव्यता अध्ययन सुरु गरेको छ ।
कार्यविधी बनाई नगर आयआर्जनको बाटोमा बाँझो जमिनलाई उपयोग गर्ने गरि कृषी उत्पादनमा लागी सकेको नगर प्रमुख झविलाल थापाले जानकारी दिनुभयो । ‘हामीले नगरलाई आत्मनिर्भर बनाउने बाटोमा लैजाँदै छौं, उहाँले भन्नुभयो,‘कार्यविधी बनाएर प्रक्रिया अँघी बढाएका छौं, केही समयमा नतिजा दिन्छौ ।’
कतिपय स्थानीय तहले जमिन बाँझो राख्नेलाई जरिवाना तिराउने, कतिपयले बाँझो जमिनमा खेती गर्नेलाई प्रोत्साहन गर्ने निती लिएका छन्। भुमिकास्थानले भने आफै कृषी खेती गर्ने गरी काम अँगाडी बढाएको छ।
तत्कालै ठुला कलकारखाना खुल्ने अवस्था नरहेपछि,कृषि उत्पादनलाई निरन्तरता दिनुपर्ने र रोजगार प्रभावित भएको अवस्थामा कृषिक्षेत्र नै रोजगारीको सहारा बन्ने देखे पछि कार्यक्रम सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायण पोख्रेलले बताउनुभयो ।
अहिले नगर बाँझो जमिनको पहिचान अन्तिम चरणमा पुगेको र जग्गा प्राप्तीको चरणको रहेको जनाईएको छ । एक सुचना जारी गर्दै नगरपालिकाले निशुल्क तथा न्युनतम शुल्कमा जमिन उपलब्ध गराउन ईच्छुक व्यक्तीहरुको विवरण संकलन गरिरहेको छ । निशुल्क दिन चाहानेले कम्तीमा तिन वर्ष जग्गा उपलब्ध गराएको स्वघोंषणा गर्नुपर्ने छ । यस्तै शुल्क लिएर जग्गा दिन चाहानेले प्रती रोपनी वार्षिक १ हजार रुपंैया पाउने गरी सम्झौता गर्नुपर्ने छ ।
कर्मशिल जनशक्तीलाई कृषी मात्र नभएर विकास निर्माणका कामहरुमा समेत जोड्ने योजना रहेको योजना अधिकृत हरिशचन्द्र भुसालले जानकारी दिनुभयो । विभिन्न उपभोक्ता समिति मार्फत हुने कार्यमा जोड्ने, विभिन्न उद्दमशिलताका कार्यक्रममा जोड्ने, महिलाहरुलाई समेत महिला श्रममा जोडेर यसलाई एकिकृत कार्यक्रमका रुपमा जोड्ने गरि कार्यक्रम ल्याईएको उपप्रमुख बालकृष्ण बजान्डेले जानाकारी दिनुभयो ।
आर्थिक वर्ष २०८०÷८१ का लागी यस कार्यक्रमका लागी नगरपालिकाले ५० लाख रुपैंया विनियोजन गरेको छ । अन्य कार्यक्रमहरु पनि यो कार्यक्रमसंग जोडिएकाले झन्डै २ करोड पुग्न्ने कार्यालयको भनाई रहेको छ । चालु आर्थिक वर्षमा पाँच करोडसम्मको काम गर्ने लक्ष्य नगरले लिएको छ ।
नगरपालिकाको कुल क्षेत्रफल १५९.१३ वर्ग किलोमिटर रहेको छ । जसमध्ये २०७७÷०७८ सालको तथ्याङ्क अनुसार ४ हजार पाँचसय ६४ हेक्टर जमिन खेतियोग्य छ ।


Posted

in

,

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *