कृष्णमुरारी गौतमलाई ‘वासुदेव लुइँटेल पुरस्कार’ प्रदान गरिने

Advertisement

काठमाडौं, । विसं २०७९ सालको वासुदेव लुइँटेल पुरस्कार हास्यव्यङ्ग्य लेखक चट्याङ माष्टर अर्थात् कृष्णमुरारी गौतमलाई प्रदान गरिने भएको छ । यो पुरस्कारको राशी एक लाख एघार हजार १११ रहेको छ । नगदको साथमा सम्मानपत्र र प्रतीक चिह्न समेत प्रदान गरिनेछ ।

यसैगरी, चुडामणि रेग्मी र रमेश खकुरेललाई वासुदेव लुइँटेल सम्मान प्रदान गरिने भएको छ । यस सम्मानको साथमा जनही नगद १० हजार, दोसल्ला र सम्मानपत्र रहने कुरा वासुदेव–विद्यादेव लुइँटेल गुठीका अध्यक्ष प्राडा सुषमा आचार्यले बताउनुभयो ।

यी पुरस्कार र सम्मान यही भदौ २३ गते शनिबार एक समारोहका बीच प्रदान गरिनेछ ।


Posted

in

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *