कामना सेवा विकास बैंकको नयाँ शाखा धनगढीमा, ग्रामीण र शहरी दुबै क्षेत्रमा शाखा विस्तारलाई निरन्तरता दिइने

Advertisement

काठमाडौँ / कामना सेवा विकास बैंक लिमिटेडले धनगढीमा आफ्नो १३४औं शाखा विस्तार गरी कारोबार सञ्चालनमा ल्याएको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा कैलाली जिल्लाको धनगढी उप-महानगरपालिका, वडा नं. ०७ मोतीचोकमा शाखा कार्यालय स्थापना गरी चैत १३ गते आइतबारदेखि कारोबार सञ्चालन गरेको हो ।

बैंकले व्यवसाय विस्तारको क्रममा नवीनतम प्रोडक्टहरू तथा वृहत शाखा सञ्जालमार्फत आफ्ना ग्राहकहरूलाई उच्चस्तरको बैंकिङ्ग सेवा सुविधाहरू उपलब्ध गराउँदै आएको छ ।

बैंकिङ पहुँच नपुगेका ग्रामीण क्षेत्र तथा व्यवसायको सम्भावना रहेका अन्य शहरी क्षेत्रहरूमा समेत शाखा विस्तार गर्दै जाने बैंकको लक्ष्य रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए ।

सोसल मिडिया बैंकिङ, इन्टरनेट बैंकिङ, मोवाइल बैंकिङ, एसएमएस बैंकिङ जस्ता विभिन्न डिजिटल माध्यमहरूबाट समेट ग्राहकहरूलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।

नयाँ शाखा सञ्चालनमा ल्याएसँगै हालसम्म बैंकले १३४ ओटा शाखा, एक ओटा विस्तारित काउन्टर, पाँच ओटा शाखारहित बैंकिङ सेवा तथा ७७ वटा एटिएममार्फत ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *