नेकपा एस अर्घाखाँचीले पालिकाका उम्मेदवार , को कहाँ ?

Advertisement

सागर परियार , अर्घाखाँची ।

नेकपा एस अर्घाखाँचीले पालिकाका उम्मेदवारको सिफारिस गरेको छ ।

नेकपा एकीकृत समाजवादी अर्घाखाँचीले आज जिल्लाको सचिवालयको बैठक बसि आसन्न्न बैशाख ३० गते सप्पन्न हुन गैरहेको स्थानिय तहको निर्वाचनको लागि सबै पालिकामा नेकपा (एकिकृत समाजवादी)को तर्फ बाट प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्ष को उम्मेदवारका आकाक्षीहरुको नाम सिफारिस गरेको हो । सन्धिखर्क नगरपालिका बाट प्रमुखमा सिद्धि प्रसाद भुसाल, बिष्णु हरि भुसाल उपप्रमुखमा सुमित्रा मुखिया, सितगङ्गा नगरपालिकाबाट प्रमुखमा पिताम्बर सारु ,नारायण शर्मा उपप्रमुख लक्ष्मी केसि ,भुमिकास्थान नगरपालिकाबाट प्रमुखमा सान्ता चुदाली ,बामदेब गौतम,झबिलाल भट्टराई उपप्रमुखमा हृदय कुमार भुसाल, सुनिता बेल्बासे , पुस्पा भाट मालारानी गाउपालिका बाट अध्यक्षमा राम बहादुर चौहान ,पिताम्बर भुसाल ,अनिरुद्र सुवेदी उपाध्यक्षमा भगवता केसि पाणिनी गाउपालिका बाट युवराज पौडेल , डेम नेपाली उपाध्यक्षमा निर्मला पोख्रेल र छत्रदेब गाउपालिका बाट अध्यक्षमा सुनिल भुसाल सिफारिस गरिएको छ भने उपाध्यक्ष भने टुंग्यान बाकी रहेको छ ।जिल्लामा पाँच दलिय गठबन्धनको सहकार्य क्षीण हुँदै गइरहेकोले बिहीबार नेकपा एस अर्घाखाँचीको जिल्ला कमिटी सचिवालयको आकास्मिक बैठक बसी जिल्लाका सबै पालिकाको उम्मेदवारहरुको नाम रिफारिस गरि आगाडी बड्ने निर्णय गरेको छ । त्यस्तै वडाका उम्मेदवारहरु नाम भने भोलि सार्बजनिक गर्ने नेकपा एस अर्घाखाँचीका अध्यक्ष राम बहादुर चौहानले बताउनु भयो । बैठकले चुनावी रणनीति तय गरेको नेकपा एस अर्घाखाँचीका उपसचिव हृदय कुमार भुसालले जानकारी दिनु भयो । उहाले सबै नेता तथा कार्यकर्तालाई चुनावी अभियानमा लाग्न आग्रह गर्नु भएको छ ।

अर्घाखाँचीमा पाँच दलिय गठबन्धनको सहमती जुटन नसक्दा यतिबेला सत्ता गठबन्धनमा रहेका दलहरु आ–आफना पार्टीका उम्मेदवारहरु चयन गरिरहेका छन् । यसो त जिल्लामा नेकपा एमालेले भने सबै पालिका तथा प्रायः वडाहरुमा समेत उम्मेदवार टुंगो लगाई चुनावी प्रचारप्रसारमा लागिरहेको छ।


by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *