कामना सेवा विकास बैंकद्वारा कन्ट्याक्टलेस कार्डको सुरुवात

काठमाडौँ / कामना सेवा विकास बैंकले कन्टयाक्टलेस भिसा डेविट कार्ड सेवा सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकहरुको हितलाई मध्यनजर गर्दै उक्त सेवा सञ्चालनमा ल्याएको हो ।

नियर फिल्ड कम्युनिकेशन (एनएफसी)मा आधारित उक्त कार्ड एनएफसी युक्त अर्थात ट्याप सुविधा भएको पस मेसिनहरुमा प्रयोग गर्न सकिन्छ ।

यस प्रविधिमा मेसिन भित्र कार्ड नराखी एउटा सिमित दुरीबाट पस मेसिनमा ट्याप मात्र गरी भुक्तानी गर्न सकिन्छ ।

यो प्रविधी सरल एवं सहज हुनुका साथै हालको कोभिडको जोखिममा कसैसँग नछोइकन कारोबार गर्न सकिन्छ । हाललाई यस प्रविधिमार्फत प्रति कारोबार दुई हजार रुपैयाँसम्म बिना पिन कारोबार गर्न सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार