रिटर्नी फेडेरेसन नेपाल अर्घाखाँचीको प्रथम पुर्ण बैठक सम्पन्न

Advertisement

हरि कुँवर ,अर्घाखाँची ।

रिटर्नी फेडेरेसन नेपाल अर्घाखाँची जिल्ला कमिटीले प्रथम पुर्ण बैठक सम्पन्न गरेको छ ।

नेकपा एमाले पार्टी निकट रिटर्नी फेडेरेसन नेपाल अर्घाखाँचीको बैठक लाइ सम्बोधन गर्दै रिटर्नी जिल्ला इन्चार्ज लिला ब विक ले आगामी निर्वाचनमा हरेक ठाउँ एमालेको उमेदवार लाइ जिताउन रिटर्नी साथीहरु लाई एकजुट भएर लाग्न आग्रह गरेका थिए । नेकपा रिटनी फेडेरेसन नेपाल केन्द्रीय कमिटी सह कोषाअध्यक्ष तथा बैठकका प्रमुख अथिती वसन्त केसीले समग्रमा रिटर्नीका मागहरू पुर्ण गर्न एमालेका उमेदवार लाई जिताउनु पर्नेमा जोड दिए । सन्धिखर्क अध्यक्ष श्री कृष्ण भुसाल, केन्द्रिय सदस्य रामु गैरे राजेन्द्र पन्थी को आतिथ्यता रहेको थियो ।

रिटनी फेडेरेसन नेपाल अर्घाखाँचीका जिल्ला अध्यक्ष मित्रमणी मिश्र को अध्यक्षतामा जिल्ला निर्वाचन परिचालन कमिटी रामु गैरे को सयोजकत्वमा ६ वटापालिका देखि १०१ सदस्यीय चुनाव प्रचारप्रसार कमिटी गठन गर्ने निर्णय गरेको थियो । दामोदर भुसाल को स्वागत मन्तव्य सचिव विष्णु भुसाल को संचालनमा बैठक सम्पन्न भएको हो ।


by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *