बहुप्रतिक्षित ‘केजिएफ च्याप्टर २’ को ट्रेलर सार्वजनिक

Advertisement

काठमाडौं : बहुप्रतिक्षित कन्नड फिल्म ‘केजिएफ च्याप्टर २’ को ट्रेलर सार्वजनिक भएको छ। प्रशान्त निलको लेखन तथा निर्देशनमा बनेको फिल्मको ट्रेलर आइतबार सार्वजनिक गरिएको हो।

यतिबेला युट्युब ट्रेण्डिङ नम्बर एकमा रहेको फिल्मको ट्रेलरलाई एक दिनमै ३ करोडभन्दा बढीपटक हेरिएको छ। सय करोड(भारु) बजेटमा बनेको पिरियड एक्सन ड्रामा फिल्ममा यशराज केन्द्रीय भूमिकामा देखिएका छन् भने सञ्जय दत्त, श्रीनिधि सेट्टि, रविना टण्डन, प्रकाशराज लगायतका कलाकारको मुख्य भूमिका छ।

यसअघि २०१८ को डिसेम्बरमा प्रदर्शनमा आएको ‘केजिएफ च्याप्टर १’ लाई दर्शकले मन पराएका थिए। ८० करोड रुपैयाँ लागतमा बनेको फिल्मले २५० करोड रुपैयाँभन्दा बढी कारोबार गरेको थियो। साथै फिल्मले समीक्षकबाट पनि सकारात्मक प्रतिक्रिया पाएको थियो।

फिल्म अप्रिल १४ देखि विश्वव्यापी रूपमा प्रदर्शनमा आउँदैछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *