बुटवलका हाेटलमा बसेर अर्घाखाँचीका गठबन्धन नेताले जिल्लाकाे गाउँ टाेलका याेजना काटे : आचार्य

Advertisement

गणेश खनाल, अर्घाखाँची ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा अर्घाखाँची सहइन्चार्ज चेतनारायण आर्चायले गठबन्धनबाट बनेकाे सरकारले देशलाई आर्थिक संकटमा लगेकाे आराेप लगाउनुभयाे । केपि शर्मा वलि सरकारकाे पालामा आर्थिक सुचक सकारात्मक दिशामा अगाडि बढेकाेमा अहिले खराव लयमा बर्तमान सरकारले लगेकाे बताउदै बैकमा जम्मा जम्मा गरेकाे आफ्नो पैसा समेत पाउने अवस्था नरहेकाे आर्चायकाे भनाइ रहेकाे छ ।

अर्घाखाँचीमा सघ,प्रदेशबाट खानेपानी,स्वास्थ,सडक,शिक्षामा उल्लेखनीय रकम विनियोजन गरेकाेमा बर्तमान गठबन्धन सरकार बजेट काटेर अर्घाखाँचीबासि अपराध गरेकाे बताउनुभयाे । जिल्लाका गठबन्धन नेता बुटवल काठमाडौका हाेटलमा बसेर गाउँ टाेल वस्तिमा मुहार फेर्ने याेजना काटेकाे बताउनुभयाे ।
जिल्लाका नेता भन्ने माओवादी,काग्रेसका नेताले जिल्लाकाे बजेट काटेकाे भन्दै चुनावमा त्यस्ता पार्टीका उम्मेदवारलाई राम्रो सग जवाल दिन जिल्लावाशिलाइ आग्रह गर्नुभयाे ।
जिल्लामा विकास विराेधि गठबन्धन रहेपनि ,जनताका विकासकाे चाहाना पूरा गरि छाड्ने प्रतिवद्वता जाहेर गर्नुभयाे ।
मालारानी गाउपालिकाकाे वाडनम्वर मा भएका चुनावि सभामा बाेल्दै गाउँपालिका अध्यक्षका उम्मेदवार दलबहादुर भट्टराईले एमालेकाे पहलमा मालारानीमा विकासमा उल्लेखनीय याेजना पारेकाे बताउदै अपुरा याेजनालाइ पूरा गर्न पनि आफूलाइ मतदान गर्न आवश्यक रहेकाे बताउनुभयाे ।

उपाध्यक्ष पदकि उम्मेदवार दिपा प्राेखरेलले आफुले लामाे समय देखि जनताकाे काम गरेकाे बताउदै फेरि पनि जनताकाे सेवाकाे लागि चुनावमा हाेमिएकाे बताउनुभयाे ।
चुनावी सभामा एमाले केन्द्रीय सल्लाहकार परिषद सदस्य नरेन्द्र कुमार क्षेत्रि, प्रदेश कमिटी सदस्य जर्नादन खनाल,प्रमिला क्षेत्रि,जिल्ला कमिटी सदस्य बालकृष्ण आर्चाय,गाउँपालिका अध्यक्ष सालिकराम आर्चाय लगायताका नेताले मन्तव्य राख्दै मालारानी गाउँपालिका अध्यक्ष,उपाध्यक्ष सहित ९ वटै वडामा क्लिन स्विवर्प पार्ने बताउनुभयाे । कार्यक्रम उत्साह जनक जनताकाे उपस्थित रहेकाे थियाे ।
नेकपा माओवादी परित्याग गरि ९ घरपरिवार एमालेमा प्रवेश गरेका छन् ।


Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *