कांग्रेसका सचिव भुसाल सहित ६० जना एमालेमा

Advertisement

शोभाखर पन्थी, अर्घाखाँची ।
नेकपा एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझीले स्थानीय निर्वाचनमा नेकपा एमालेले दुई तिहाइ स्थानमा विजय हासिल बताउनुभएको छ ।
नेकपा एमाले सन्धिखर्क -५ वडा कमिटी द्वारा विभिन्न ठाउँमा आयोजित कार्यक्रममा मन्तव्य राख्दै उहाँले ५ दलिय गठबन्धन हारको मानसिकता लिएर चुनावमा गएको बताउनुभयो । उहाँले वर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसकेको भन्दै सरकार दिनप्रतिदिन असफल बन्दै गएको धारणा राख्नु भयो ।

नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद्का सदस्य लक्ष्मण रायमाझीले ५ दलिय गठबन्धन देश र जनताको निम्ति बोझ भएको बताउनुभयो । सुशासन ,बिकास र समृद्धिको निम्ति नेकपा एमालेको विकल्प नभएको उहाँको भनाइ थियो ।
नेकपा एमालेको तर्फबाट मेयर पदका प्रत्याशी कृष्णप्रसाद श्रेष्ठले सन्धिखर्कको चौतर्फी बिकासको निम्ति नेकपा एमालेका उम्मेदवार लाई विजयी गराउनुपर्ने बताउनुभयो । नगर बासिको चाहना अनुसार नमुना काम गरेर देखाउने उहाँको प्रतिबद्धता थियो ।

नेकपा एमालेको तर्फबाट सन्धिखर्क नगरपालिकाका उपप्रमुखका उम्मेदवार मिश्रा आचार्यले आफुहरु विजयी भएपछि जनताले अनुभुती गर्ने गरि काम गर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले प्रदेश परिषद् सदस्य ढुण्डिराज अधिकारी ,एमाले सन्धिखर्क नगर कमिटीका अध्यक्ष श्रीकृष्ण भुसाल ,एमाले जिल्ला प्रचार बिभाग प्रमुख शोभाकर पन्थी ,जिल्ला कमिटी सदस्य प्रदिप नेपाली ,दीपा आचार्य,तारा अधिकारी ,सन्धिखर्क नगर पालिका वडा नं. ५ का वडाध्यक्ष पदका उम्मेदवार शिवप्रसाद अधिकारी ,सदस्यपदका उम्मेदवारहरु कृष्णबहादुर अधिकारी ,डिलाराम बन्जाडे,ईन्दिरा कुमाल,साबित्रा बि.क. लगायतका वक्ताहरूले मन्तव्य राख्नुभएको थियो ।

बलेवाङ्ग,जैनि पोखरा ,मौलि पोखरा ,अर्लादी पक्षका पोखरा लगायतका ठाउँमा आयोजित कार्यक्रममा स्थानीय नेताहरू
सीता भुसाल ,पुष्कर अधिकारी ,सीता पराजुली ,गंगाराम भुसाल ,मनकला भुसाल ,सुनिता कुमाल , तारा श्रेष्ठ लगायतका वक्ताहरूले मन्तव्य राख्नुभएकोथियो ।
कार्यक्रम वडा कमिटीका का.बा.अध्यक्ष सुरेन्द्र अधिकारीको संचालनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस सन्धिखर्क वडा नं. ५ का सचिव शिवलाल भुसालको नेतृत्वमा ६० जना नेपाली कांग्रेस समर्थक व्यक्ति नेकपा एमालेलेमा प्रवेश गरेका छन् ।

पार्टी प्रवेश गर्नेहरुमा
लोकराज गिरी,अनिश भुसाल ,मना कुमाल,यमकुमारी श्रेष्ठ ,तारा श्रेष्ठ ,गिर्व बहादुर मुखिया ,कमला मुखिया,ज्ञानु श्रेष्ठ ,कमला कुमाल,राजुु श्रेष्ठ ,प्रकाश श्रेष्ठ ,देवबहादुर कुमाल,भोजबहादुर कुमाल,कमला घिमिरे ,खगराज बेल्वासे,सरस्वती भुसाल ,माधव भुसाल ,चिन्ता बहादुर कुमाल,रामबहादुर कुमाल,प्रतीक्षा कुमाल,उजेली कुमाल,निमकला कुमाल,चित्रकला कुमाल,झुवे कुमाल,निमबहादुर कुमाल,गिरबहादुर कुमाल,गिरे कुमाल,दोमबहादुर कुमाल,शन्त बहादुर कुमाल,झुमे कुमाल,खगिस्वरा कुमाल,फर्सुराम श्रेष्ठ ,नेत्रकला श्रेष्ठ ,कृष्णप्रसाद भुसाल,सरस्वती भुसाल ,रिमकला पाण्डे ,पुष्पा बि.क.,पुष्पा सुनार,सुन्दरी बि.क. ,ईश्वरा भुसाल ,मैयाँ भुसाल ,गोमा अधिकारी ,पम्फा न्यौपाने ,रामकला भुसाल ,खिमानन्द भुसाल ,शुष्मा भुसाल देवराज पाण्डे ,गोमा कुम्मकार,गणेश अधिकारी लगायत छन् ।


Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *