काठमाडौं – नेपालले त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत पहिलो खेलमा पपुवा न्युगिनीविरुद्ध राम्रो सुरुवात गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले ६ ओभरमा १ विकेट गुमाउँदै ५७ रन बनाएको छ ।
ओपनर आसिफ शेख १८ बलमा ३ चौका सहित १९ रनमा अविजित छन् । रोहित पौडेल ८ रनमा अविजित छन् । ओपनर कुशल भुर्तेल ११ बलमा ३ चौका र १ छक्कासहित २० रनमा आउट भए । इनिङको पहिलो बलमै छक्का प्रहार गरेका कुशल दोस्रो बलमा रन आउट बाट बचेका थिए । तर तेस्रो ओभरको तेस्रो बलमा चाद सोपरबाट रन आउटकै सिकार बने ।
नेपालको प्लेइङ ११ :
सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख (विकेटकिपर), करण केसी, अभिनाश बोहरा, लोकेश बम, कुशल मल्ल र रोहित कुमार पौडेल ।
Leave a Reply