मालारानीमा माओवादीका पदम क्षेत्रीको अग्रता

Advertisement

सन्धिखर्क।

अर्घाखाँचीको मालारानी गाउँपालिकामा गठबन्धबाट उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र- गठबन्धन ) नेता पदम क्षेत्री अग्रता कायम गरेका छन्। हाल ९ वटा वडामध्ये ६ वटाको मतगणना सकिँदा उनले अग्रता कायम गरेका हुन्।

६ वटा वडाको मत परिणाम आउँदा माओवादीका पदम क्षेत्रीको ३ हजार ६८ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले)का दलबहादुर भट्टराईले २ हजार ९ सय ४९ मत प्राप्त गरेका छन्।

६ वटा वडामध्ये ४ वटामा एमालेले विजय हासिल गरेको छ। भने, २ वटामा माओवादीका उम्मेदवार विजयी भएका छन्। वडामा एमालेले अग्रता कायम गर्दा माओवादीका क्षेत्रीले बढी मत प्राप्त गरेका छन्। यसरी यसअघि एमालेले जितेको यस गाउँपालिकामा माओवादीले जित्ने सम्भावना बढी देखिएको छ।


Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *