एमालेका टेकराज न्यौपाने फराकिलो मतान्तरले विजयी

Advertisement

बिरेन्द्र केसी , अर्घाखाँची ।

अर्घाखाँचीमा ५ दलीय गठबन्धनलाई पराजित गर्दै पाणिनि गाउँपालिका अध्यक्षमा एमालेका टेकराज न्यौपाने र उपाध्यक्षमा नर्मदा पौडेल फराकिलो मतान्तरले विजयी भएका छन् ।

कांग्रेसका अच्युत गौतमलाई ७ सय २१ मतान्तरले न्यौपानेले पराजित गरेका छन् । न्यौपानेले ७ हजार ७ सय ४९ मत ल्याए भने गौतमले ७ हजार २८ मत ल्याए ।
उपाध्यक्षमा एमालेकी पौडेलले कांग्रेसकी गौतमलाई ६ सय २३ मतान्तरले पराजित गरिन । पौडेलले ७ हजार ६ सय ६१ र गौतमले ७ हजार ३८ मत ल्याइन ।

२०७४ को स्थानीय तह निर्वाचनमा पाणिनि गाउँपालिका अध्यक्षमा अच्युतले कांग्रेसबाट एक्लै जितेका थिए । पुनः दोहोरिन माओवादी, राजमो, जसपा र एकीकृत समाजवादीको साथमा चुनावी मैदानमा भिडेका थिए । उनी कांग्रेस जिल्ला सचिव हुन् ।

२०७४ मा एमालेबाट गाउँपालिका उपाध्यक्षमा निर्वाचित लक्ष्मी गौतम केही महिना अघि कांग्रेसमा प्रवेश गरेकी थिइन ।

 

 

 


Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *