
नवलपरासी ।
लायन्स क्लब अफ नवलपरासी दाउन्नेको शनिबार सम्पन्न १३ औं बार्षिक साधारण सभा तथा नयाँ पदाधिकारी निर्वाचन कार्यक्रमबाट भिम प्रसाद सुवेदीको नेतृत्त्वमा लायन बर्ष २०२२/२३ का लागि नयाँ बोर्ड चयन भएको छ ।
समाज सेवालाई सर्वोपरि राखि समाजका आफु भन्दा कम भाग्यशालि ब्यक्ति प्रति सेवा गर्ने मुख्य लक्ष्य सहित ” हामि सेवा गर्छौं” भन्ने मुल मन्त्र लाई आत्मसात् गर्दै यस लायन्स क्लब अफ नवलपरासी दाउन्ने आज भन्दा १३ बर्ष अघि बर्दघाटमा सुरु भएको थियो । हरेक बर्ष नयाँ नेतृत्व चयनको अभ्यास रहेको यस कल्बमा यो बर्षको लागि नयाँ नेतृत्व चयन गरिएको हो ।
कार्यक्रमको पहिलो चरणमा बर्ष 2021/22 को साधरण सभा सम्पन्न भएको थियो भने दोस्रो चरणमा निर्वाचन भएको थियो ।
नयाँ कार्य समितिमा क्रमश:
अध्यक्ष : भिम प्रसाद सुबेदि “मनोज”
प्रथम उपाध्यक्ष : रमेश कुमार श्रेष्ठ
द्वितिय उपाध्यक्ष : गणेश प्रसाद घिमिरे
तृतिय उपाध्यक्ष : यज्ञ प्रसाद पौडेल
सचिव: सन्देश भन्डारि
सह सचिव : अर्जुन प्रसाद पौडेल
कोषाध्यक्ष : युब राज खत्री
सह कोषाध्यक्ष : बिष्णु बहादुर बस्नेत
टेल ट्युस्टर: प्रेम पौडेल
मेम्बर्शिप चियर पर्सन : नारायन न्यौपाने
क्ल्ब सर्भिस चियरपर्सन : डा. सन्जिव पर्साइ
क्ल्ब मार्केटिङ कम्युनिकेशन चियर पर्सन : कृष्ण पराजुलि
डाइरेक्टर हरु: छबि लाल ढकाल,मोहन भट्टराई , लक्ष्मण पाण्डे साथै अध्यक्ष सल्लाहकारमा द्वय प्रेम सुबेदि र कमल पौडेल मनोनित हुनु भएको
निर्वाचन अधिकृत सन्तोष जोशिले जानकारी गराउनु भएको छ ।
कार्यक्रम मा निर्वाचन अधिकृत पुर्व अध्यक्ष ला सन्तोश कुमार जोशि ज्यू रहनु भएको थियो भने दुई पुर्व अध्यक्ष हरु लायन लक्ष्मण भट्टराई र मनोज खनाल निर्वाचन समिति सदस्य रहनु भएको थियो । कार्यक्रममा अध्यक्ष तिलक राम खनालको अध्यक्षता तथा रमेश कुमार श्रेष्ठको संचानलमा एन्ड बि कटेज चिसापानीमा सम्पन्न भएको थियो ।