अर्घाखाँची ।
अर्घाखाँचीको शितगंगा नगरपालिकामा माछा मार्ने क्रममा काका भतिजकाे खाेलामा डुबेर दुई जनाकाे मृत्यु भएको छ ।
शितगंगा नगरपालिका वडा ७ र ९ काे सीमानामा पर्ने शितखाेलामा प्युठान नाैबहिनी गाउँपालिका ८ फाेप्लीका ५० बर्षीय नुमाराम घर्ती र उनका दाइका छाेरा १२ बर्षीय समुलाल घर्तीकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
न्वारनकाे भाेज खाएपछि शनिवार खाेलामा माछा मार्न गएका थिए ।
Leave a Reply