
हरि कुँवर, अर्घाखाँची ।
पत्रकार तथा लेखक विरेन्द्र केसी को ” अर्घाखाँचीमा पर्यटन र विकास ” पुस्तकको विमोचन हुने भएको छ ।
अर्घाखाँचीकाे पर्यटन सम्बन्धि कान्तिपुर दैनिकका उप-सम्पादक तथा पत्रकार महासंघका उपाध्यक्ष समेत रहेका वीरेन्द्र केसीले जिल्लाको ६ वटै पालिका लाई समेटिएको पुस्तकले केही दिनमै सन्धिखर्कमा विमोचन गर्ने तयारी गरेको हो ।
बाँगीमा जन्मिएका केसीले पत्रकारीता गर्दा घुम्ने क्रममा देखेका र भोगेका कुरालाई लिपीबद्ध रुपमा पुस्तकमा प्रस्तुत गर्न खोजिएको बुझिएको छ ।
अर्घाखाँची घुम्न आउने र अर्घाखाँचीको ऐतिहासिक धार्मिक तीर्थस्थल, प्राकृतिक सम्पदा र पर्यटकीय गन्तव्य स्थलको बारेमा जान्न चाहनोहरुको लागि यो पुस्तक उपयोगी हुनेछ । विकास तथा पर्यटन विस्तार लाई पुस्तकमा मर्मस्पर्सी रुपमा प्रस्तुत गर्न खोजिएको छ । पुस्तकमा घतलाग्दो तरिकाले यथार्थको रुपमा छर्लङ्ग पार्न खोजेपछि पाठकहरु लाई पढ्न रुचि बढेको बुझिएको हो । पुस्तक विमोचनको समय सार्वजनिक गरिएको छ ।