अखिल नेपाल महिला संघद्वारा नवनिर्वाचित जनप्रतिनिधि लाई सम्मान कार्यक्रम सम्पन्न

Advertisement

अर्जुन भुसाल , अर्घाखाँची ।

एमालेकाे भातृ संगठन अखिल नेपाल महिला संघ अर्घाखाँचीले पार्टीकाे तर्फबाट निर्वाचित प्रमुख,उप-प्रमुखलाई सम्मान गरेकाे छ ।

एमालेकाे तर्फबाट निर्वाचित सन्धिखर्कका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठ, उप-प्रमुख मिश्रा आचार्य, मालारानी गाउँपालिकाका प्रमुख दलबहादुर भट्टराई, उप-प्रमुख दीपा पाेखरेल,पाणिनि गाउँपालिकाका प्रमुख टेकराज न्याैपाने, उप- प्रमुख नर्मदा पाैडेल, छत्रदेव गाउँपालिकाका उप-प्रमुख मनी पन्थी, सितगंगा नगरपालिकाका उप-प्रमुख गिता भाटलाई संघले बधाई ज्ञापन तथा सम्मान गरेकाे हाे ।

पार्टी जिल्ला कमिटी अध्यक्ष पीताम्बर भुसालकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रदेश सदस्यहरू जनार्दन खनाल, विजुला रायमाझी, केवि भुसाल, जिल्ला उपाध्यक्ष इश्वरा पाेख्रेल, जिल्ला सदस्य तथा सन्धिखर्क नगर इन्चार्ज युवराज श्रेष्ठ, जिल्ला कमिटी सदस्य तथा कार्यालय सचिव लिलबहादुर विक, जिल्ला कमिटी सदस्यहरू सुष्मा श्रेष्ठ, विष्णु आचार्य, देवी थापा भुसाल, कमला खनाल भण्डारी, प्रदिप नेपाली लगायतकाे आतिथ्यता थियाे ।

कार्यक्रम अनेम संघ अध्यक्ष दीपा आचार्यकाे अध्यक्षता, उपाध्यक्ष सुनिता भट्टराईकाे स्वागत मन्तव्य र सचिव मेनुका पाैडेलकाे सञ्चालनमा सम्पन्न भएकाे हाे ।


Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *