
अर्घाखाँची।
अर्घाखाँची जिल्लामा चुनावी सरगर्गि सकिनै लाग्दा विभिन्न तहबाट छलफल भईरहेका छन् । बैशाख ३० गते भएकाे निर्वाचनकाे समीक्षा अहिलेसम्म कुनै राजनितिक दलले गरेका छैनन् । जिल्लामा काँग्रेसले नराम्रोसँग पराजय व्यहोर्नुपरेको छ । नेपाली काँग्रेसका नेता रेवतीप्रसाद भुसालकाे वडामा गठबन्धनकाे तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका उम्मेदवार पराजित भए । काँग्रेसका उम्मेदवार पराजित हुदाँ एमाले जिल्लामा बलियाे देखिएकाे छ।
नेपाली काँग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री विष्णु मुस्कानकाे वडामा एमाले विजयी भयाे । काँग्रेसका जिल्ला सभापति केशव श्रेष्ठकाे वडा छत्रदेव-८ मा एमाले विजयी भयाे । २०७४ मा राम्रो वडा तथा छत्रदेवकाे अध्यक्ष, उपाध्यक्ष जितेकाे काँग्रेसकाे उपस्थित लज्जास्पद देखियाे । निर्वतमान गाउँपालिका अध्यक्ष लेखनाथ पाेख्रेलले पनि अधिकांश वडा जिताउन सकेनन, भएका वडाहरू छत्रदेवका १, २, ४, ८ गुमाए ।पुर्व सभापति कमलप्रसाद भुसालकाे वडा सन्धिखर्क-२ काँग्रेसले जित्न सकेन।
लुम्बिनी प्रदेश सभा सदस्य निर्मला क्षेत्रीकाे वडा मालारानी-५ मा गठबन्धनका उम्मेदवार पराजित भए । पार्टीका उपसभापति विष्णु भुसालकाे वडा छत्रदेव-३ बल्काेट, बाबुराम पाैडेलकाे वडा छत्रदेव-२ बल्काेट, जिल्ला सचिव कृष्णप्रसाद खनालकाे वडा खनमा पनि एमालेले जित हात पार्याे ।
त्यस्तै जिल्ला सभापति पदका उम्मेदवार यादवप्रसाद घिमिरेकाे वडा मैदान, महाधिवेशन प्रतिनिधिद्वय डा. जयबहादुर टण्डन, हिम्मत टण्डनकाे वडा अडगुरी, जनसम्पर्क समितिका भारतका सभापति बालकृष्ण पाण्डे, महाधिवेशन प्रतिनिधि मुक्ति श्रेष्ठकाे वडा छत्रदेव-४ केरूंगामा पनि एमालेले जित हासिल गर्याे ।
लुम्बिनी प्रदेश सभाका काँग्रेस प्रतिनिधि लक्ष्मण पाण्डेकाे वडा मैदानमा काँग्रेस पराजित भयाे । काँग्रेसका महाधिवेशन प्रतिनिधि श्यामनाथ काश्यप तथा काँग्रेस प्रदेश प्रतिनिधि नारायणहरी घिमिरेकाे वडा पटाैटीमा एमालेले जितेकाे छ ।
जिल्ला सभापतिका निकटतम प्रतिद्वन्द्वी डा. इन्द्रमणि पाैडेलकाे वडामा वागी उम्मेदवार भएपनि काँग्रेसकाे प्यानल नै विजयी हासिल गराउन पाैडेलकाे भुमिका महत्त्वपूर्ण रहयाे ।
पार्टीभित्रबाटै वागी उम्मेदवार भएपनि अहाेरात्र खटेर पार्टीकाे प्यानललाई विजयी बनाएका पाैडेल चर्चामा छन् । पाणिनि गाउँपालिकाकाे अध्यक्षका उम्मेदवार तथा पार्टीका जिल्ला सचिव अच्युत गाैतमकाे वडामा काँग्रेस विजयी भयाे ।
शितगंगाका नगरपालिकाका निर्वतमान नगरप्रमुख तथा महाधिवेशन प्रतिनिधि सुर्यप्रसाद अधिकारीकाे भुमिका राम्रो देखियाे । उहाँले छविलाल पाैडेललाई नगरप्रमुखमा विजयी बनाउन महत्त्वपूर्ण भुमिका रहेकाे बुझिएकाे छ । प्रदेश क्षेत्रिय सभापति हेमन्त बेल्वासेकाे वडामा काँग्रेस पनि विजयी भएको छ । जिल्लास्तरिय नेताकै वडामा काँग्रेसकाे लज्जास्पद हार हुदाँ पार्टीका कार्यकर्ता सन्तुष्ट छैनन् । आफ्नै वडा जिताउन नसक्ने नेतृत्वबाट पार्टी नचल्ने कार्यकर्ताहरू बताउँछन् ।
२०७४ सालमा ४ स्थानीय तहकाे प्रमुख तथा १ उपप्रमुख जितेकाे काँग्रेस छत्रदेवकाे गाउँपालिका अध्यक्ष र शितगंगाकाे मेयरमा मात्रै जितेर चित्त बुझायाे । देशभर काँग्रेसका पक्षमा नतिजा आएपनि अर्घाखाँचीमा काँग्रेस कमजाेर बनेकाे छ ।