स्वर्गीय बन्जाडेको स्मृतिमा ३० विद्यार्थी सम्मानित

Advertisement

टेकराज भुसाल, अर्घाखाँची।

अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर १ र २ ढाकावाङ्गका उत्कृष्ट बिद्यार्थीलाई पुरस्कार तथा सम्मान गरीएको छ ।

स्वर्गीय कुलानन्द बन्जाडे स्मृति प्रतिष्ठानले साेमबार स्वर्गीय बन्जाडेकाे १६ औं स्मृति दिवसको अवसरमा १५ बिद्यालयका ३० जना छात्रछात्रा बिद्यार्थीहरुलाई सम्मान गरेको हो ।

प्रत्येक बर्ष स्वर्गीय बन्जाडेको सम्झनामा बिद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप गरीने सम्मान कार्यक्रमले बालबालिकालाई हौसला मिल्ने प्रतिष्ठानका अध्यक्ष खड्का बहादुर थापाले जानकारी दिनुभयो।

कार्यक्रमको सन्चालन चन्द्रबहादुर केसीले गर्नुभएको थियो ।

नेपालको बाम-लाेकतान्त्रिक आन्दोलनका कर्मठ याेद्धा तथा शिक्षाप्रेमी, समाजसेवी, विश्व मावि ढाकावाङ्गका तत्कालीन प्र.अ रहेका स्वर्गीय बन्जाडेकाे २०६३ जेठ १६ गते ५८ वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *