अर्घाखाँचीको लामपाटी दरवार ओझेलमा

Advertisement

प्रतिभा भुसाल , अर्घाखाँची ।

अर्घाखाँचीको सदरमुकाम सन्धिर्खकबाट करिब १२ किलोमिटर दूरीमा रहेको लामपाटी दरवारको अवस्था कन्तविजोग बन्दै गएको छ । जसको प्रमुख कारण हो प्रचारप्रसारको अभाव र सरोकारवालाहरुको मौनता ।

सदरमुकामसँग जोडिएको र जिल्लाकै सुगम मानीने वाङ्ला गाविसको मथुरावेसीमा रहेको यो दरबार नेपालकै इतिहासमा महत्वपूर्ण मानिन्छ । किनकि, नेपालको इतिहासका चर्चीत ब्यक्ति जगंवहादुर राणा जन्मिएको स्थानमा यो दरवार उनकै आदेशमा बनेको इतिहास साक्षी छ ।

नेपालकै एक मात्र लामपाटी बिस खुट्टे दरवारमा पुग्ने हो भने वरिपरि घास उम्रिएको देख्न सकिन्छ र दरवार आफैमा साहाराविहीन बनेको दूुष्य लुकाउन मिल्दैन । अर्घाखाँची जिल्लालाई मात्र नभएर सिङ्गो मुलुकलाई संसारभरि चिनाउन सकिने यो स्थानलाई राजनैतिक नेताहरुले चुनावी नारा मात्र बनाउने गरेको र सरोकारवालाहरुले बेवास्ता गरिरहेका छन।
यश छेत्रको ब्यबस्थापन गर्ने हो भने त्यहा रहेको कृष्ण मन्दिर, ठूलो छेत्रमा फैलिएको बगैचा! पाटी र नजिलै बलेवाङको चौरले गरेक छेत्रका पर्यटक ( बनभोज खाने, धर्मावलम्बी, अध्ध्यय गर्ने, र घुम्ने)लाई समेट्न सक्छ।

यो ठाउँ गाउँबासीको लागि आयस्रोतको माध्यम साथै अर्घाखाँचीको मात्र नभै लुम्बिनी प्रदेशकै गौरबको छेत्र बन्न सक्छ। र्यसैले अवको आर्थिक बर्षमा जिल्लालाई आएको बजेटबाट केही प्रतिशत बजेट यो छेत्रको मर्मत र ब्यबस्थापनमा लगाउने कि?

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *