होटल व्यवसायी संघको १३ औं साधारण सभा तथा छैठौं जिल्ला अधिवेशन सम्पन्न , अध्यक्षमा उपाध्याय

अर्घाखाँची ।

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको १३ औं साधारणसभा तथा छैठौं जिल्ला अधिवेशनबाट विन्दु होटलका सञ्चालक खेतुलाल उपाध्यायको अध्यक्षतामा १३ सदस्यीय समिति सर्वसम्वत चयन भएको छ । उपाध्यक्षमा चुराबहादुर घर्ती, महासचिव बावुराम घिमिरे, सचिव खिमप्रसाद खनाल, कोषाध्यक्ष डिलाराम बञ्जाडे र सहकोषाध्यक्ष जीवनकुमार श्रेष्ठ चयन भएका छन् । त्यस्तै सदस्यमा रमेश चँदाली, कमलराज श्रेष्ठ, विष्णुप्रसाद पराजुली, गोविन्द्रप्रसाद गैरे, मोहन केसी, युवराज बञ्जाडे, पदमबहादुर भटराई र निमानन्द आचार्य रहेका रहनुभएको छ ।

नवनिर्वाचित पदाधिकारी र सदस्यलाई निर्वतमान अध्यक्ष एवं सन्धिखर्क नगरपालिका वडा १० का वडाअध्यक्ष मोहनसिंह ठकुरी र पूर्वअध्यक्ष नोलराज भण्डारीले कार्यकाल सफलताको शुभकामना दिँदै होटल व्यावसायीका हक अधिकारको पक्षमा काम गर्न शुभकामना तथा बधाई दिनुभयो ।

साधारणसभा तथा अधिवेशन उदघाटनसभाका प्रमुख अतिथि उद्योग वाणिज्य संघका अध्यक्ष युवराज बञ्जाडेले होटल र रेष्टुरेन्टले आउने पाहुनाको लागि स्वच्छ, ताजा, सफा खानाका परिकारमा ध्यान दिनुपर्ने बताउनुभयो । विशिष्ट अतिथि चेम्बर अफ कमर्शका अध्यक्ष अशोक श्रेष्ठले होटल, रेष्टुरेन्टमा फ्रि वाइफाई हुनुपर्ने र स्थानीय उत्पादित खानाका परिकार बनाएर पाहुनालाई खुवाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा पत्रकार महासंघका उपाध्यक्ष वीरेन्द्र केसीले अर्घाखाँची घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई खानाका परिकार फरक हुनुपर्ने, मिठो, नम्र र विनम्र भएर पाहुनालाई स्वागत, सत्कार गरी विदाई गरेर व्यावसायलाई प्रबद्र्धन गर्नुपर्ने बताउनुभयो ।

उदघाटन कार्यक्रम मोहनसिंह ठकुरीको अध्यक्षता, महासचिव विष्णुप्रसाद बञ्जाडेको सञ्चालन र वरिष्ठ उपाध्यक्ष बावुराम पन्थीको स्वागतमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार