शाखा प्रमुख भट्टराई सम्मानित

शोभाखर पन्थी, अर्घाखाँची ।

पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.को दोस्रो साधारणसभा सम्पन्न भएको छ । रुपन्देहीको सालझण्डीमा सम्पन्न कार्यक्रममा उत्कृष्ट काम गर्ने कर्मचारी कमल प्रसाद भट्टराईलाई सम्मान गरिएको छ । भट्टराई अर्घाखाँची शाखा प्रमुख हुन् ।

उनलाई प्रा.लि. का अध्यक्ष दधिराम खरेलले नगद,प्रमाणपत्र र दोसल्लाले सम्मान गरेका थिए । सम्मानित भट्टराई सन्धिखर्क-८ किमडांडा अर्घाखाँची निवासी हुन् । अर्घाखाँची जिल्लामा शाखा कार्यालय स्थापना भए सँगै उनले पश्चिम नेपाल बस व्यवसायी संघमा बसेर काम गर्दै आएका थिए । सोही संस्था केही बर्ष यता प्रा.लि.बाट संचालित छ ।

भट्टराईले संस्थालाई जिल्लामा स्थापित गराउन धेरै मेहनत गरेको यातायात व्यवसायीहरुको भनाइ छ । उनी जिल्लामा व्यवसायी मात्रै नभएर अग्रज समाजसेवीको रुपमा समेत स्थापित भएका छन् ।स्थानीय बासिन्दाले दु:ख-सुखको समयमा उनको नाम लिने गर्छन् । भट्टराईले यात्राको क्रममा समस्यामा परेका सयौं यात्रुहरुलाई सहयोग गरेको जानकारहरु बताउँछन् ।

भट्टराईले संस्थाले गरेको सम्मानलाई आफुले निक्कै महत्त्वका साथ लिएको बताए । उनले यो सम्मान आफ्नो मात्र नभएर जिल्लाका संपूर्ण व्यवसायीको भएको बताए । उनले आगामी दिनमा अझै मेहनत गरेर काम गर्ने दृढता समेत व्यक्त गरे ।करीब २ हजार ५ सय गाडी रहेको प्रा.लि.ले अर्घाखाँची जिल्लामा मात्रै १ सय १० वटा गाडी संचालनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार