अर्घाखाँचीमा एमसिसि विरुद्ध विरोध प्रर्दशन

Advertisement

अनिल नेपाली, अर्घाखाँची ।

विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट जिल्ला समिति अर्घाखाँचीले केन्द्रिय कार्यक्रम अनुसार राष्टघाती एमसिसि विरुद्ध सोमबार विरोध प्रर्दशन गरेको छ।

सन्धिखर्कको शान्तिबगैचमा भएको विरोध प्रर्दशन कार्यक्रमलाई सम्वोधन गदै नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सेक्रेटरी खेम घर्ती मगरले एमसिसी नेपाल नेपाली जनताको पक्षमा नभएकोले राष्टघाती एमसिसी जनताले सडकबाट सघर्ष गरेर फाल्नुपर्ने बताउदै नेपाली जनताको स्वाधीनता स्वाभिमान माथि आच आउने काम कसैबाट भए आफुहरुले सघर्ष गर्ने बताए।

नेपाली जनता अहिले पनि क्रान्तिको पक्षमा रहेको बताउदै कतिपयले क्रान्तिको दुवाई दिएर जनतामाथि नाथक मन्च गरेकोले त्यसको प्रतिरोध गनुपर्ने बताए । नेपाल नेपाली जनता माथि जस्तोसुकै गलत कदमको क्रान्तिको हल गर्ने बताए । कार्यक्रममा नेकपाका स्कुलिङ्ग विभागका प्रमुख चिन्तनले राष्टघाती एमसिसिको सशक्त रुपमा जनताले प्रतिरोध गनुपर्ने बताए।

कार्यक्रमको सञ्चालन अखिल क्रान्तिकारीका जिल्ला सयोजक हरि नेपालीले गरेका थिए भने भक्तिटोला चोकबाट र्याली सहित सन्धिखर्क शान्तिबगैचामा आएर कोणसभा परिणत भएको हो ।


by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *