मातृभूूमिमै ज्ञान, सिप, पुँजी र जाँगरको सदुपयोग गरौं – नेता पौडेल

बुटवल ।

नेकपा ( एमाले ) को जनसंगठन रिटर्नी फेडेरेसन नेपालको लुम्बिनी प्रदेश भेला सम्पन्न गरेको छ ।

रिटर्नी फेडेरेसन नेपालको लुम्बिनी प्रदेश भेला लाई सम्बोधन गर्दै नेकपा एमाले उपाध्यक्ष तथा पुर्व मन्त्री बिष्णु पौडेलले वैदेशिक रोजगारीबाट फर्केकाहरुको ज्ञान, सिप, पुँजी र जाँगरको सदुपयोग गर्दै समृद्ध नेपाल निर्माणमा योगदान पुराउन आफू सदैव लागीपरेको बताएका छन । नेपालीलाई मातृभूूमिमै भविष्य भएकाले सम्भावना धेरै भएको बताए ।

एमालेले रिटर्नी लाई उत्पादन संग समेट्ने प्रयास गरेको बताए । नेपालमै सुखी र सम्मानित जीवन जिउन सम्भव भएको ले नेकपा एमालेको सकारात्मक भुमिका रहेको बताए ।

रिटर्नीको ज्ञान, सीप पूँजी र रोजगार, समृद्ध नेपाल निर्माणको दिगो आधार भन्ने मुल नारासहित नेकपा एमालेले कान्छो जनसंगठनको रुपमा गठन गरेको हो ।

मुख्यतया वैदेशिक रोजगारीबाट फर्केकाहरुलाई समेटेर उनीहरुले विदेशमा बस्दा सिकेका ज्ञान-सीपलाई मुलुकको समृद्धिसँग जोड्दै देश विकासमा लगाउने उद्देश्यले जनसंगठनका गतिविधि अगाडि बढेको हो ।

भेलामा रिटर्नी फेडेरेशन नेपालका महासचिव लक्ष्मीप्रसाद आचार्य,प्रदेश इन्चार्ज हीरादेवी खरेल लगाएत को उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार