
केसु नेपाल , काठमाडौं ।
पाल्पास्थित लुम्बिनी मेडिकल कलेजको लापारबाहीले मेरी आमाको ज्यान लियो । यो घटनादेखि मलाई लुम्बिनी मेडिकल कलेज बिरामीको सेवामा होइन, कमाउ धन्दामा मात्रै सीमित छ जस्तो लाग्यो । यस केलजमा ३२ माथिका अनुभवी चिकित्सकहरु देख्न पाइँदैन ।
बिरामीहरु बाँच्ने आशा बोकेर टाढादेखि त्यहाँ आइपुका हुन्छन् । उनीहरु जब यस कलेजमा भर्ना हुन्छन् तब बेथाको पीडाले बेडमा छटपटाउनु सिबाय केही हुँदैन । त्यहाँ कार्यरत चिकित्सकहरु सबै भरखरका सिकारु हुँदारहेछन् । प्रायजसो पहिलो र दोस्रो वर्षमा अध्ययनरत सिकारु विद्यार्थीले आइसीयुमा रहेका बिरामीसम्मको चेकजाँच गर्दछन् ।
उनीहरुले स्वास्थ्य बीमाको नाममा औषधि मात्रै चलाउने र रोग नै पत्ता नलागी महंगामहंगा औषधि किन्न लगाउने गर्दछन् । साधारण बिरामीलाई पनि दैनिक जसो १० हजारसम्मको औषधि किन्न लाइन्छ । आइसीयुको चार्ज पनि दैनिक २५ हजार हुँदोरहेछ । लुम्बिनी मेडिकल कलेजको सरसफाई र उपचार मद्दति हेर्दा यो हस्पिटल होइन कि बसपार्कतिरको स्टाफ होटेल जस्तो लाग्छ ।
तीनजना स्टाफको भरमा रातभरि बिरामी छाडिन्छ । बिरामीको सम्बेदनशीलतालाई ध्यानै नदिई सिकारु विद्यार्थी चिकित्सकको भरमा बिरामीलाई अलपत्र बनाइन्छ । अस्पतालको व्यवस्थापन हेर्दा सबैतिर लथालिङ्ग देखिन्छ । बिरामीको सम्बेदनशीलता अनुसार कुनै सेवा सुविधा छैन ।
राति दक्ष चिकित्सकको सट्टा केही कर्मचारी र केही पैसामात्रै असुल्न पल्किएका चिकित्सक बस्छन् । ती पेशेवर डाक्टर र भ्रष्ट चरित्रका कर्मचारीहरु आईसीयुमै छिरेर बिरामीका औषधिहरु चोरेर भित्रै रहेको फार्मेसीमा फिर्ता गरेर पैसा असुल्छन् । अनि बिरामीका आफन्तलाई भोलिपल्ट बिहान फेरि १० औं हजारको औषधि किन्न लगाउँछन् ।
यस्तै लूट धन्दाले तेत्रो नाम चलेको लुम्बिनी मेडिकल कलेज लथालिङ्ग अवस्थामा पुगेको छ । कर्मचारी र चिकित्सकलाई मासिक पारिश्रमिक पनि ३, ४ महिनासम्म दिइँदोरहनेछ ।
किन यस्तो लापरबाही भएको रु किन बिरामीलाई राम्रो सेवा उपलब्ध भएन भनेर प्रश्न गर्दा त्यहाँ कार्यरत कर्मचारी र चिकित्सकहरुले उल्टै ‘हामीलाई महिना मर्नेबित्तिकै तलब आउँदैन अनि आउट इनकम नगरी कसरी जीवन चलाउनु रु तपाईंहरुले जहाँ गएर भने पनि हुन्छ हामीलाई केही फरक पर्दै,’ भन्ने गरेको पाइयो।
सिकारु नै भएपनि रोगअनुसारका आवश्यक चिकित्सक र कर्मचारी छैनन् । सीमित कर्मचारी र केही सिकारु विद्यार्थी चिकित्सकको भरमा मेडिकल कलेज चलाउने गरेको पाइयो । थोरै कर्मचारी र चिकित्सक भएपछि तिनैलाई डबल ड्युटी गर्न लगाइन्छ । यसरी कामको लोड र भनेको बेलामा तलब सुविधा नभएका कारण लुम्बिनी मेडिकल कलेजमा उपचार गराउन आउने बिरामीको अनाहकमा ज्यान जाने गरेको हो ।
आवश्यक कर्मचारी र चिकित्सक किन थपिँदैन रु भनेर प्रश्न गर्दा नयाँ आउने स्टाफहरु टिक्दैटिक्दैनन् भन्ने जवाफ पाइयो । त्यसकारण हामीले ओभरलोड खप्नुपरेको छ भन्छन् । यहाँ उपचार गराउन आउने बिरामी निको भएर घर फर्केको एकदमै कम प्रमाण भेटिन्छन् ।
बरु बिरामीका आफन्तले बेलैमा अन्यत्र लगेर उपचार गराए भने मात्रै बिरामीले नयाँ जीवन पाउँछन् । यसरी अस्पतालको लापरबाही देखेपछि बिरामीका आफन्तले छिट्टै बुटवल, काठमाडौं लगेर उपचार गराउने गरेका रहेछन् । यदि त्यसमा ढिलासुस्ती भयो भने बिरामी निको हुने सम्भावना न्यून हुँदोरहेछ । यस अस्पतालको अप्रेसन थेएटर र आइसीयु कक्ष हेर्दा उपचार कक्ष हो कि मूर्दा घर हो जस्तो लाग्छ ।
यसरी गाउँबाट आएका गरीब, पीडित बिरामीलाई शोषण गरेर पाल्पास्थित लुम्बिनी मेडिकल कलेज चलाइएको छ । अस्पताल व्यवस्थापनको लापरबाहीका कारण यहाँ कार्यरत कर्मचारी र चिकित्सकहरु पनि तिनै गरीव र पीडित बिरामीलाई शोषण गर्दछन् । बिरामीबाट लाखौं असुलेर अस्पताल चाइएको छ । बिरामीको पैसा मात्रै लूटे त हुन्थ्यो ।
अस्पतालको लापरबाहीका कारण ज्यान गुमाउनसमेत वाध्य हुनुपरेको छ । यसको सिकार म स्वयं भएको छु । लुम्बिनी मेडिकल कलेजको लापरबाहीका कारण मैले मेरी आमा गुमाउनुपर्यो । यो नियती अरुले भोग्नु नपरोस् । यसमा सम्बन्धित निकायको ध्यान जाओस् ।