काठमाडौं ।
बच्चाहरु स्वभावैले चकचके हुन्छन्। नयाँ कुरा सिक्नु उनिहरुको स्वभाव नै हो। के गर्दा गल्ती हुन्छ भन्ने उनिहरुलाई राम्रो ज्ञान हुँदैन। तसर्थ ती चिज नगर्न भन्दा भन्दै पनि गरेर नै परिणाम हेर्न चाहने उनिहरुको रहर हुन्छ। र शिक्षकलाई पनि केही क्षति पुगे पछि, बच्चाले अटेरि गरेकोमा रिस उठ्नु मानवीय संबेदनाको हिसाबले स्वभाबिक नै हो। उनिहरुलाई पढाइ सिकाईको साथ साथै खेलकुद, मनोरञ्जन, लगाएत अन्य ज्ञानमुलक र सिपमुलक कार्यक्रममा पनि सहभागी गराउनु पर्ने हुन्छ।
शिक्षकले विद्यार्थी किन कुट्छन् ? अभिभावकले शिक्षक किन कुटे ? कुट्ने यिनै दुबै तरिका गलत हुन ।
पछिल्लो समय शिक्षामा निजि क्षेत्र हाबी भए सँगै विद्यालयहरु सेवा क्षेत्र भन्दा पनि ब्यवसायिक क्षेत्र बनेका छन्। अझ भन्नू पर्दा शहर तिरका बिद्यालय एउटा जेल जस्तो भएको छ। ब्यक्तिका घरलाई निश्चित समयको लागि सम्झौता गरि विद्यालय खोलिएका छन्। जहाँ विद्यार्थी लाई कैदी जस्तो कोचेर राखेका हुन्छन्? कारण हो महंगो घर भाडा। चकचके उमेरका, यी नानी बाबुलाई यसरी नियन्त्रणमा राख्न खोज्नु नै विद्यालय प्रशासनको कमजोरी हो भने त्यस्ता विद्यालयमा हाम्रा सन्तानको वृद्धि बिकास हुन्छ भनी सम्झनु सम्पुर्ण अभिभावकको आज्ञानता र भ्रम हो।
ठुला ठुला खेल मैदान भएका, शिक्षक सेवा आयोगको कडा परीक्षा पास गरि आएको, दक्ष शिक्षक भएका, सरकारी बिद्यालयमा हाल बिद्यार्थी शून्य छ। यसमा सरकारको भन्दा पनि हामी नागरिक समाज, अभिभावक र विद्यालयको कमिकमजोरी रहेको आभाष भएको छ। सन्तानको भबिष्य भन्दैं हजारौं लाखौं खर्च गरेर, पुर्खौली थात थलो, घरपरिवार, आफन्त, ईष्टमित्र नभनि आफ्नो सबै जवानी, पौरख र सम्पत्ति खर्चन तयार हामी अभिभावकले पनि कम्तिमा आफै ब्यवस्थापन समितिमा बस्न पाईने, आफै संचालक समितिमा बस्न पाईने नि:शुल्क पढाउन सकिने सरकारी/सामुदायिक बिद्यालयमा सन्तानको भबिष्य खोज्ने जमर्को गरिदिए कसो हुन्थ्यो होला? यसो गर्दा “शिक्षकले विद्यार्थी कुटे” – “अभिभावकले शिक्षक कुटे” जस्ता समाचार पढ्नु पर्ने थिएन कि?
सुसन गुरुङ
अजिरकोट – ३, गोरखा