अर्घाखाँची अस्पताल बन्ने आशा पलायाे

Advertisement

अर्घाखाँची । अर्घाखाँची जिल्ला अस्पतालको प्रारम्भिक वातवरणीय परिक्षण अन्तर्गत सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार सन्धिखर्कको अस्पताल हलमा आयोजित कार्यक्रममा अर्घाखाँची अस्पतालको प्रारम्भिक वातवरणीय परिक्षणको सार्वजनिक सुनुवाइ भएको हो ।

Exif_JPEG_420

अर्घाखाँची अस्पतालको नयाँ भवन बन्ने भएको छ । बहुवर्षीय योजना अन्तर्गत नयाँ भवन बन्न लागेको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर जगन्नाथ तिवारीले जानकारी दिए । उनका अनुसार अब छिट्टै अस्पतालको भवन निर्माण कार्य सुरु हुनेछ । भवनको डिपिआर बनिसकेको तिवारीले बताए । ‘अर्घाखाँची अस्पतालको नयाँ भवनको काम अघि बढिरहेको छ,’ तिवारीले भने ‘४२ करोड लागतमा बन्न लागेको भवन ५० शैयया्को बन्दैछ ।’

Exif_JPEG_420

सार्वजनिक सुनुवाइ कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठ, अर्घाखाँची अस्पतालका अध्यक्ष श्रीकृष्ण भुसाल, अस्पताल प्रमुख डाक्टर जगन्नाथ तिवारी, लुम्बिनी प्रदेश सरकार खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालय सहरी विकास तथा भवन कार्यालयका प्रतिनिधिहरु, अर्घाखाँची अस्पतालका कर्मचारीहरु, स्थानीय तहका सरोकारवाला, बुद्धिजीवी, समाजसेवी, पत्रकार लगायतको उपस्थिति रहेको थियोे ।

Comments Box
यो खवर पढेर कस्तो महशुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

  • अर्घाखाँची साकाेसकाे १८ अाैं  वार्षिक साधारण सभा सम्पन्न

  • ‘यी १७ दिन १७ वर्षजस्तै बिते’सुरुङबाट मञ्जित बाहिर आएपछि

  • निजी हस्पिटलहरु लापरबाही गरेर मान्छे मार्ने थलो बन्दै

  • चाडपर्वलाई कसरी बुझछौ

  • हत्या गरि फरार २ अभियुक्त प्रहरीद्वारा सार्वजनिक

  • जाजरकोटमा भूकम्पबाट एक लाख ८० हजार जना प्रभावित

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.