राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीले जिल्लाका सबै स्थानीय तहमा नयाँ नेतृत्व चयन गरेको छ। जिल्लाका छ स्थानीय तहमध्ये भूमिकास्थान नगरपालिकाबाहेक अन्य सबै स्थानमा सर्वसम्मत रूपमा नेतृत्व चयन गरिएको हो ।
स्थानीय तहका अधिवेशन सम्पन्न भएसँगै रास्वपा अर्घाखाँची अब जिल्ला अधिवेशनको तयारीमा जुटेको प्रदेश समिति सदस्य दिनेश सुनारले जानकारी दिनुभयो ।
नवनिर्वाचित स्थानीय तह सभापतिहरूमा सन्धिखर्क नगरपालिकामा राजु खड्का, भूमिकास्थान नगरपालिकामा प्रेमकुमार थापा, सितगंगा नगरपालिकामा कमल पौडेल, मालारानी गाउँपालिकामा विक्रम महत, छत्रदेव गाउँपालिकामा शंकरप्रसाद भूसाल तथा पाणिनी गाउँपालिकामा ईश्वरी पोखरेल चयन हुनुभएको कार्यवाहक जिल्ला सभापति कमल मरासिनीले बताउनुभयो ।
भूमिकास्थान नगरपालिकाको सभापति पदमा भने निर्वाचन भएको थियो। उक्त पदका लागि प्रेमबहादुर थापा र दिलबन्धु थापाबीच प्रतिस्पर्धा भएकोमा प्रेमबहादुर थापा विजयी हुनुभएको थियो ।
जिल्ला सभापति तथा प्रतिनिधिसभा सदस्य हरिप्रसाद भुसालले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गरी संगठन विस्तार, जनसम्पर्क सुदृढीकरण तथा प्रभावकारी कार्यसम्पादनमा जुट्न निर्देशन दिनुभएको छ। उहाँले रास्वपालाई स्थानीय तहमा बलियो वैकल्पिक शक्तिका रूपमा स्थापित गर्ने लक्ष्यसहित अघि बढ्न आग्रह गर्नुभयो ।
रास्वपा अर्घाखाँचीको सबै स्थानीय तहमा नयाँ नेतृत्व
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
Advertisement











