२० चैत्र २०८२, शुक्रबार
२० चैत्र २०८२, शुक्रबार

राष्ट्रिय युवा संघ नेपाल सन्धिखर्क द्वारा क्यालेन्डर विमाेचन

हरि कुँवर , अर्घाखाँची ।

राष्ट्रिय युवा संघ नेपाल सन्धिखर्क नगर कमिटीले नयाँ वर्ष २०७९ सालको क्यालेन्डर विमोचन कार्यक्रम आइतबार सम्पन्न गरेको छ । क्यालेण्डरमा राष्ट्रिय युवा संघ नेपालका एतिहासिक महत्वका दृश्य समावेश गरिएको छ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा अर्घाखाँची इन्चार्ज चन्द्रबहादुर खडका (उज्ज्वल)काे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय सल्लाहकार परिषद् सदस्य लक्ष्मण रायमाझी, पार्टी जिल्ला अध्यक्ष पिताम्बर भुसाल, कार्यालय सदस्य लिलबहादुर विक, जिल्ला सदस्य तथा क्षेत्र नं. १ का संयाेजक रामचन्द्र पाेखरेल, सन्धिखर्क नगर अध्यक्ष श्रीकृष्ण भुसाल, सदरमुकाम विशेष इलाका कमिटी अध्यक्ष तथा युवा इन्चार्ज खुविराम आचार्य, जिल्ला सदस्य तथा विद्यार्थी इन्चार्ज प्रदिप नेपाली लगायतका नेताहरूकाे आतिथ्यता थियाे ।

अतिथिहरुले कार्यक्रममा नयाँ वर्ष २०७९ सालको क्यालेन्डर विमोचन तथा शुभकामना आदानप्रदान गरेका थिए । युवा संघ नगर संयाेजक बिनाेद बस्तेनकाे अध्यक्षता, उपाध्यक्ष अरूण रायमाझीकाे स्वागत मन्तव्य र सचिव युवराज भुसालकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

Advertisement ads-all

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार