सितापुरमा थापाको खाचो किन ?

झनक केसी , अर्घाखाँची ।

शितगंगा नगरपालिका वाड न २ सितापुरमा अझै केही बर्ष गोबर्धन थापाकै खाचो देखिएको गाउँलेहरुले बताएका छन ।

राजनितिकै क्रममा आफ्नो जिवनभर जनताको झोला बोकेर बिताउने एकमात्र नेताको रुपमा चिनिन्छ्न थापा। गाउँको बिकाशको लागि सधै चिन्ता र चासो लिएर जनताकै घरमा दैनिकी बिताउने थापालाई फेरि पनि आसन्न चुनाबी मैदानमा उत्रिएका छन।

यहि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा थापाले फेरिपनि आफुले उम्मेदवारी दिएको बताए।

अर्घाखाँचीको शितगंगा नगरपालिकामा नेकपा एमालेले मेयरमा वसन्त श्रेष्ठ र उपमेयरमा गिता भाटलाई अघि सारेको छ। साथै जनजाती दलित,महिला सहित वडाध्यक्ष पदको रुपमा उम्मेद्वार उठाएको छ। जुन प्रशंसनीय रहेको वडावासी तथा मतदाताहरुले बताएका छन् । शितगंगा नगरपालिका वडा नं. २ मा नेकपा एमालेको तर्फबाट फेरिपनि गोबर्धन थापालाई वडाध्यक्ष पदको उम्मेद्वार भएसंगै चर्चा चलेको छ ।

वि.स. २०१८ सालमा घोरबन्दामा जन्मिनुभएका थापा गएको स्थानीय तहको निर्वाचनमा भारि मतले बिजय भै वडा अध्यक्ष रुपमा निर्वाचित हुनुभएको थियो । वडा अध्यक्ष हुदा वडावासीको सबै समस्या र वडामा गनुपर्ने विकास निर्माणका काम नजिकदेखि औल्याउने अवसर पाएकाले अझै केही बर्ष वडाध्यक्ष भएर वडावासीको सेवा गर्ने ईच्छा रहेकाले उम्मेद्वारी दिएको बताउनुभयो ।
सितापुरको हकमा साबिक ९ वाडमा ४ कलस्टरले बिभाजन भएको यस क्षेत्रमा थापाले आफ्नो टिममा दलितको तर्फवाट पातलटोलबाट भगवती सुनारलाई ल्याएका छन। तेस्तै गुरुङ्ग बस्तीको नेतृत्व गर्दै काउलेबाट सुनिल गुरुङ्गलाई अघि सारेका छ्न। तेस्तै बजार र सिख्र समेटने गरि युवाको तर्फबाट नारायण क्षेत्रीलाई ल्याएका छन। झिर्‍राबाट महिलाको नेतृत्व गर्दै बिष्नु क्षेत्रीलाई अघि सारेका छ्न।

थापाले वडामै बसेर वडावासीका घर घरमा गई काम गरी वडालाई समृद्ध बनाउने खाका तयार पार्नका लागि आफ्नो उम्मेद्वारी रहेको बताउनुभयो । वडाध्यक्ष पदका उम्मेद्वार थापाले बसाई सराई गरि सुगम अर्थात शहर जाने व्यक्ति निर्वाचनका बेला मात्र गाउँमा आएर जनताको समस्या र आवश्यकता बुझ्न नसक्ने बताउनुभयो । निर्वाचनमा जित्नु मात्र ठुलो कुरा नभई वडावासीका माग सम्बोधन गर्ने र वडाको भौतिक संगै सामाजिक रुपान्तरणमा भुमिका खेल्न आवश्यक रहेकोमा जोड दिनुभयो ।

विशेष गरि विभिन्न कारणले पछाडि परेका महिलाहरुको क्षमता विकास गरि आर्थिक उपार्जन, रोजगारी संगै आत्मनिर्भर बनाउने कार्यका लागि आफ्नो अहम भुमिका रहने बताउनुभयो । त्यसका लागि महिला पुरुषहरुलाई विभिन्न सिपमुलक तालिम, चेतनामुलक प्रशिक्षण तथा अवसर प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

वडामा रहेका प्राकृतिक स्रोत साधनको अवैध उत्खनन्मा रोकथाम,भ्रष्टाचारलाई निर्मुल पारी सुशासनको प्रत्याभुत गर्न, सामुदायिक वन क्षेत्रको संरक्षण तथा प्रवद्र्धन गर्दै शिक्षा क्षेत्रमा पछाडि रहेको वडा नंं २ लाई मजबुत र बलियो बनाउने अठोट गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार