लुम्बिनी प्रदेश सरकारले हटाएका विकास समितिका अध्यक्षलाई सर्वोच्चद्वारा पुनर्वहाली

चन्द्रकान्त खनाल,बुटवल ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका अध्यक्षलगायत पदाधिकारीलाई सर्वोच्च अदालतले पुनर्वहाली गरिदिएको छ । लुम्बिनी प्रदेश सरकारले पदमुक्त गरेको प्रादेशिक अस्पतालहरूका पदाधिकारीहरूको पुनर्वहाली भएको हो ।

सरकार परिवर्तनसँगै प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पताल लगायतका लुम्बिनी प्रदेशका सबै प्रादेशिक अस्पताल, आयुर्वेदिक अस्पताल र केही जिल्ला अस्पतालका अध्यक्षलाई पदमुक्त गरेको थियो ।

प्रदेश स्वास्थ्य संस्था स्थापना सञ्चालन नवीकरण तथा स्तरोन्नति नियमावली २०७७ को नियम २५ बमोजिम चार वर्षे कार्यकालका लागि नियुक्त भएकोमा सरकारले तोकिएको निश्चित पदावधि पूरा नहुँदै २०७८ पुस २५ गतेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को निर्णयले पदमुक्त गरेको थियो ।

सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिनुभएका राप्ती प्रादेशिक अस्पतालका अध्यक्ष पदमप्रसाद न्यौपाने, लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराई, लुम्बिनी आयुर्वेदिक अस्पतालका अध्यक्ष शिवप्रसाद ज्ञवाली, राप्ती आयुर्वेदिक अस्पताललगायत केही जिल्ला अस्पतालका अध्यक्षलाई पुनर्वहाली गर्न सर्वोच्च अदालतले आदेश दिएको हो ।

लुम्बिनी प्रदेश सरकारले पुरानालाई हटाएपछि नयाँलाई विकास समितिमा नियुक्त गरिएकोे थियो । तर, लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवल र दाङमा भने अस्पताल विकास समिति नियुक्त गरिएको थिएन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार