१० साउन २०८१, बिहिबार
१० साउन २०८१, बिहिबार

मलामी बोकेको जिप दुर्घटना हुँदा एकजनाको मृत्यु

बैतडी : बैतडीमा मलामी बोकेको जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको जिल्लाको डिलासैनी गाउँपालिका-१ धावला बस्ने ५० वर्षीय गोपाल बोहरा रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए।

डिलाशैनीकै धनपति धामीको गण्नीगाड खोलामा दाहसंस्कार गरेर फर्कने क्रममा बिहीबार दिउँसो  सु.प.प्र.०१०००१च ३१४६ जिप घारडा भन्ने ठाउँमा दुर्घटनामा परेको हो। बोहराको घटनास्थलमै मृत्यु भएको हो।

मलामी गएका अन्य ५ जना घाइते भएका छन्। घाइते हुनेमा डिलासैनी-१ का रतन धामी, मन्धिर धामी, सुरेन्द्र बोहरा, अमर धामी र लोकेन्द्र धामी रहेका छन्। उनीहरूको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। १३ मलामी चढेको जिप सडकमै पल्टिएको थियो।

कच्ची सडकमा चल्दै गरेको जिप एक्कासी पछाडि आएर सडकमै पल्टेको बताइएको छ। जिप चालक डिलासैनी-६ बागगोठका धनबहादुर कठायत फरार रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार