७ बैशाख २०८१, शुक्रबार
७ बैशाख २०८१, शुक्रबार

१३ टिमले प्रकाश स्मृति प्रतियाेगितामा सहभागिता जनाउने

करिश्मा खनाल
अर्घाखाँची । प्रकाश महत स्मृती कप खुल्ला क्रिकेट प्रतियोगिता फागुन १४ गते देखी सन्धिर्खकको टुडिखेलमा सुरु हुने भएको छ ।
नेपाल खेलकुद महाँसघ अर्घाखाँचीले आज (शनिवार) पत्रकार सम्मेलन आयोजना ट्रफि र टाईसेट सार्वजनिक गरेको हो ।
१ वर्ष अगाडी फागुन ७ गते खेलकुद महाँसघको कार्यक्रममा सहभागी भई वासस्थान तर्फ जाने क्रममा सवारी दुर्घटनामा परि मृत्यु भएको थियो । प्रत्येक वर्ष स्वंगिय प्रकाशको सम्झाना खेलकुद प्रतियोगिता आयोजना गरिने गरि क्रिकेट सुरुवात गरिएको नेकपा एमाले उपसचिव शम्भु पोखरेलले जानाकारी दिए ।
स्व.प्रकाशका नाममा अक्षयकोष स्थापना गरिएको र १४ गते सार्वजनिक गरिने उपसचिव प्राखरेलले बताए ।
क्रिकेट प्रतियोगितामा विजेता टिमलाई ५० हजार,मेडल,ट्रफि,प्रमाण र उपविजेतालाई ३० हजार ,मेडल,ट्रफि,प्रमाण तथा अन्य चार विदामा पनि खेलाडीलाई पुरस्कृत गरिने महाँसघ प्रदेश उपसचिव ऋषि भट्टराईले जानाकारी दिए ।
महाँसघका जिल्ला अध्यक्ष हेनरी बस्नेतको अध्यक्षता,केन्द्रिय सदस्य विष्णु परियारको सञ्चालनमा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार