शोभाखर पन्थी ,अर्घाखाँची ।
नेकपा एमाले अर्घाखाँचीले अर्घाखाँचीका ३ वटा पालिकामा उम्मेदवारको टुङ्गो लगाएको छ । नेकपा एमालेको पालिका स्तरीय बैठक बाट शीतगंगा,भुमिकास्थान र पाणिनिमा सर्वसम्मत रुपमा उम्मेदवार चयन गरिएको छ ।
यसरी चयन हुनेहरूमा भुमिस्थान नगरपालिकाको प्रमुखमा रेशम थापा उपप्रमुख बसन्ता पौडेल छन् ।
थापा अहिले पनि मेयर हुनुहुन्छ । भ्रष्टाचार बिरोधि अभियान संचालन गरेका उहाँ जनताको बीचमा निक्कै लोकप्रिय हुनुहुन्छ । यसैगरी उपप्रमुख चयन हुनुभएकी पौडेल सामाजिक तथा राजनितीक क्षेत्रमा क्रियासिल महिला नेतृ हुनुहुन्छ । उहाँले शान्ति समिति ,नेपाल रेडक्रस सोसाइटी लगायतका संस्थामा बसेर काम गरिसक्नु भएको छ ।
शीतगंगाको प्रमुखमा बसन्त श्रेष्ठ र उपप्रमुख गीता भाट क्षेत्री चयन हुनुभएको छ । प्रमुख श्रेष्ठ नेकपा एमालेको चर्चित नेता हुनुहुन्छ । जनता बीच लोकप्रिय रहनुभएका श्रेष्ठले तत्कालीन ठाडा गा.बि.स.को अध्यक्ष भई काम गरिसक्नु भएको छ । उपप्रमुख भाट अगुवा महिला समाजसेवी हुनुहुन्छ । उहाँको जनताबीच राम्रो छबि छ ।
यसैगरी नेकपा एमालेले पाणिनि गाउँ पालिकाको अध्यक्षमा टेकराज न्यौपानेलाई चयन गरेको छ भने उपाध्यक्षको नाम सार्वजनिक गरिएको छैन । अनुकूल समयमा उपाध्यक्षको नाम सार्वजनिक गरिने एमाले पाणिनि पालिका कमिटीका अध्यक्ष कमल घिमिरेले बताउनुभयो । अध्यक्ष न्यौपाने आदर्शवान र स्वच्छ छवि भएको नेता हुनुहुन्छ । नेकपा एमालेले सर्वसम्मत छनौट गरेका ३ वटै पालिकाका उम्मेदवार लोकप्रिय र जनताले रुचाएका अब्बल छन् ।
अरु पालिकामा पनि छलफल तिब्र रुपमा अगाडि बढेको र केही दिनमै उम्मेदवार छनौट गरिने नेकपा एमालेका जिल्ला अध्यक्ष पीताम्बर भुसालले बताउनुभयो । उहाँले यस पटक पार्टीले सबै पालिका जित्ने गरि योजना बनाएको बताउनुभयो । एमाले उम्मेदवार छनौटमा देखाएको बुद्धिमताका कारण जिल्लामा अन्य राजनीति दललाई चुनाव फलामको चिउरा हुने विश्लेषकहरुको अनुमान छ ।