१ फाल्गुन २०८१, बिहिबार
१ फाल्गुन २०८१, बिहिबार

शान्ति मा.बि.बाँगीकाे काठमाडौंमा अन्तरक्रिया 

अर्घाखाँची । हीरक महाेत्सवकाे तयारीमा रहेकाे शान्ति माध्यमिक विधालय बाँगिले अन्तरक्रियाकाे अभियान अन्तर्गत  आज (शनिबार ) काठमाडौंमा एक कार्यक्रम सम्पन्न गरेकाे छ ।

अर्घाखाँचीकाे मालारानी गाउँपालिका वडा न.५ बाँगीमा रहेकाे विधालयले २०८१ बैशाख ३ गते हीरक महोत्सवको तयारी स्वरूप काठमाडौंको महेन्द्ररत्न क्याम्पस ताहाचलमा अन्तरक्रिया कार्यक्रम  सम्पन्न  गरेकाे हाे।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका सचिव  डिलाराम आचार्य ,नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा सासद बिजुला रायमाझी ,पुर्व मन्त्री तथा नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य सासद शुसिला सिर्पाली, नेकपा एमाले केन्द्रीय सल्लाकार परिषद सदस्य नरेन्द्र कुमार क्षेत्री ,वडा अध्यक्ष तिलक मिश्र ,प्रअ मानबहादुर पाण्डे लगायतले मन्तव्य राख्दै कार्यक्रम सफल बनाउन आफुहरूकाे पुर्ण सहयाेग रहने प्रतिवद्वता जाहेर गरेका थिए ।

कार्यक्रममा काठमाडौंमा बस्ने शान्ति माविका पुर्व विद्यार्थी लगायत शिक्षासँग सरोकार राख्ने छिमेकी भेगबाट काठमाडौं आएर विभिन्न पेशा ब्यबसाय गर्नेको उपस्थिति रहेकाे थियाे ।

कार्यक्रममा पुर्व वडा अध्यक्ष शोभाखर भुसाल, भुतपुर्व  विधार्थि समाजका संस्थापक अध्यक्ष  ज्ञानु अधिकारी, भुतपुर्व विधार्थि समाजका पुर्व अध्यक्ष गंगबहादुर पन्थी ,शिक्षा प्रेमि बिष्णु चौहान, शिक्षाप्रेमि बिबि अधिकारी, महेन्द्र बस्नेत, अम्मर कुमार बि.क.,साबित्रा शर्मा भुसाल,बिमल चौहान लगायतको उपस्थित रहेकाे थियाे ।

कार्यक्रमले सम्बन्ध स्थापित र विभिन्न सुझाव सल्लाहले विद्यालयको हितका लागि काेषेढुङगा सावित भएकाे प्रअ पाण्डेको भनाइ रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img
spot_img
spot_img
spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार