गौरीशंकरमा एक हप्ते योग शिविर सम्पन्न

अर्घाखाँची । गौरीशंकर इङ्गलिस बोर्डिङ्ग स्कूल सन्धिखर्क अर्घाखाँचीमा एक हप्ते विद्यालय योग विज्ञान शिविर सम्पन्न भ‌एको छ ।


विद्यालयको नियमित वार्षिक कार्ययोजना, पाठ्यक्रममा आधारित तथा १० औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा गौरीशंकर इङ्गलिस बोर्डिङ्ग स्कूल सन्धिखर्क अर्घाखाँची र पतञ्जली योग समिति अर्घाखाँचीको समन्वय/सहकार्य तथा प्राविधिक सहयोगमा २०८१ असार २ गते आइतबारदेखि असार ८ गते शनिबारसम्म ७ दिने निशुल्क विद्यालय योग विज्ञान शिविर सम्पन्न भएको हो।


पतञ्जली योग समिति केन्द्रीय सदस्य शान्ता खत्रीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पतञ्जली योग समिति अर्घाखाँची अध्यक्ष प्रेमनारायण पोख्रेल, वरिष्ठ उपाध्यक्ष मनिराम अर्याल, उपाध्यक्ष पुष्पा न्यौपाने, युवा प्रवारी लक्ष्मण पराजुली, संगठन सचिव पार्वता श्रेष्ठ, नगर प्रवारी अनन्तमणी पोख्रेल, श्यामकृष्ण श्रेष्ठ, ढुण्डिराज भुसाल लगायतको उपस्थिती रहेको थियो ।
विद्यालयको शिक्षिका तथा योग शिक्षक गोमा पाण्डे बेल्वासेको प्रमुख प्रशिक्षणमा संचालित शिविरमा विद्यालयका विद्यार्थी, शिक्षक कर्मचारी तथा अभिभावकहरूको उल्लेखीय उपस्थिती रहोको थियो ।
कार्यक्रम विद्यालयका संस्थापक एवं प्रिन्सिपल गणेश क्षेत्रीको अध्यक्षता र शिक्षक शिव बेल्वासेको संचालनमा सम्पन्न भ‌एको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार