अर्घाखाँची । अर्घाखाँचीको भएको दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ । दुर्घटनामा परेर ३३ जना घाइते भएका छन् । उपचारकाे क्रममा थप १ जनाकाे मृत्यु भएकाे हाे ।
घटनास्थलमै एक जना महिलाको ज्यान गएकाे र उपचारको क्रममा भुमिकास्थान ६ खिल्जीकि २२ वर्षिय तारा श्रेष्ठकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । घाइते मध्ये ८ जनालाई बुटवल रिफर गरिएकाे र बाँकी घाईतेकाे जिल्ला अस्पतालमा उपचार भईरहेकाे प्रहरीकाे भनाइ रहेकाे छ ।
देउसी खेलिरहेकालाइ बसले साेमवार साझ ठक्कर दिएकाे थियाे ।
भुमिकास्थान नगरपालिका जयठाटीमा देउसी भैलो नाचिरहेको ठाउँमा ना ३ ख २४७१ नम्बरको बसको ब्रेक फेल भएपछि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी चक्रबहादुर मल्लले बताउनुभयो ।
भैलो खेल्न आएको बसको एक्कासी ब्रेक फेल भई बाटोमा भैलो खेलिरहेका ग्रुपलाई ठक्कर दिएको प्रहरीको भनाइ छ ।
अस्पताल अर्घाखाँचीमा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ । घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ ।
बस ठक्कर अपटेड : देउसी खेल्नेलाइ बसले ठक्कर दिदाँ उपचारर्थ थप एककाे मृत्यु
प्रतिक्रिया दिनुहोस्