अर्घाखाँची । देउराली बहुउद्देश्यिय सहकारी सस्था लिमिटेडको दोश्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । सन्धिखर्क स्थित देउराली यातायात व्यवसायी प्रा. लि. को कार्यालयमा एक भव्य कार्यक्रमका बिच सम्पन्न भएको हो ।
साधारण सभाको उद्घाटन शत्रमा शुभकामना मन्तव्य राख्दै कार्यक्रमका प्रमुख अतिथी तथा जिल्ला समन्वय समितिका प्रमुख जिवनारायण कोईरालाले देशमा स्थापना भएका विभिन्न सहकारिहरुलाई व्यवस्थित बनाएर लैजाने गरि सरकार अगाडि बढेको बताउनुभयो । कोईरालाले पछिल्लो समय विभिन्न मिडिया, सामाजिक सन्जालहरुमा सहकारी सम्बन्धि समाचार आउने गरेकाले मानिसहरुमा वितृष्णा जागेको हुँदा सहकारिलाई व्यवस्थित तवरले सन्चालन गर्न सुझाव समेत दिनुभयो ।
यस्तै कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रवक्ता तथा २ का वडाध्यक्ष मोतिजङ्ग रायमाझि, सन्धिखर्क वडा नम्वर १ का कार्यबहाक वडाध्यक्ष सुन्तली श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा सहकारिका अध्यक्ष गोबिन्द प्रसाद बन्जाडेले वार्षिक सभा प्रतिवेदन पेश गर्नुभयो । आ.व. २०७९/०८० मा ३५ जना शेयर सदस्यले सन्चालन गरेको सहकारिमा हाल ३५३ जना शेयर सदस्य रहेको अध्यक्षद्वारा प्रस्तुत गरिएको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ । सस्थाले सन्चालन गरेको विविधिकरण गर्दै लैजादा सदस्यहरुको सकृय सहभागिता पनि वृद्धि भएकाले बचत संकलनमा पनि सकारात्मक प्रभाव परेको उहाँले बताउनुभयो ।
सस्थाका सचिव प्रेमप्रकाश पान्डेले वार्षिक प्रगति प्रतिवेदन पेश गर्नुभयो । सङ्गठनात्मक स्वरुप, कार्यालय व्यवस्थापन, बैठक सन्चालन, शेयर पुजी, सदस्य शेयर विवरण, ऋणको अवस्था लगायतका विषयमा प्रगती विवरण प्रस्तुत गर्नुभएको हो । सस्थामा ३५३ जम्मा शेयर सदस्य रहेकोमा २ सय ४७ जना पुरुष र १ सय ६ जना महिला आवद्ध रहेका छन् ।
यस्तै सस्थाकी कोषाध्यक्ष सुजता भण्डारी पि.सि.ले १ करोड ६० लाख ८४ हजार ६ सय ९७ रुपैयाँ सतासी पैसा सस्थामा रहेको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
सस्थाले कृषि, व्यापारिक, वैदेशिक रोजगार, घरजग्गा खरिद, शैक्षिक जस्ता क्षेत्रमा १ करोड ८४ लाख ५० हजार ऋण लगानी गरेको छ । सस्थाले दैनिक, मासिक, बाल र ऎच्छिक गरि ४ किसिमका बचत सन्चालन गरेको छ ।
साधारण सभाको उद्घाटन शत्रको सस्थाका अध्यक्ष गोबिन्द प्रसाद बन्जाडेको अध्यक्ष, सदस्य मिना भट्टराईको स्वागत मन्तव्य र सचिव प्रेमप्रकाश पाण्डेको सन्चालनमा सम्पन्न भएको हो ।
सस्थाको बन्द शत्र समेत सम्पन्न भएको जनाईएकाे छ ।