२९ पुस २०८१, सोमवार
२९ पुस २०८१, सोमवार

बजेट अभावका कारण जनताले भने जस्ताे काम हुन सकेकाे छैन् : प्रशासकीय अधिकृत न्याैपाने

पाणिनी गाउँपालिका हालसम्म भएका विकास निर्माण,सुशासनमा भएका प्रयासबारे प्रमुख प्रशासकीय अधिकृत राेमानाथ न्याैपाने सँग पहिलाे टाइम्सकर्मि विष्णु खनालले गरेकाे कुराकानीकाे सम्पादित अंश ।

• गाउँपालिका मुख्य उकृष्ठ कार्य के हुन् ?
पाणिनी गाउँपालिकाले नेपालको संविधान र प्रचलित कानूनले दिएको अधिकार  प्रयोग गरी नागरिकका दैनिक सेवा प्रवाह,विकास निर्माण,विपद ब्यवस्थापन लगायत भैपरिआउने कार्यहरु र सुशासन कायम गर्ने कार्यहरु गरीरहेको छ । विद्युतीय हाजिरी प्रणालीको पूर्ण कार्यान्वयन, विद्युतीय खरिद विधि, कानूनद्धारा  सिधै खरिद गर्न सकिने सामाग्रीमा समेत सार्वजनिक सूचना प्रकासन गरी प्रतिस्पर्धाद्वारा खरिद,सामाजिक सुरक्षा भत्ता लगायत सबै भुक्तानीमा बैंकिङ्ग प्रणाली,निशुल्क उपलब्बध गराउनु पर्ने र महत्वपूर्ण औषधीको नियमित आपूर्ति, अव उप्रान्त ६० बर्ष  उमेर पुरा भै  अवकास हुने महिला स्वास्थ्य स्वयंसेवकहरूलाई सामाजिक सुरक्षा भत्ता नपाउँदा सम्म मासिक पेन्सन, योग्यताका आधारमा रिक्त शिक्षक तत्काल पदपुर्तिका लागि शिक्षक बैङ्क स्थापना,लक्षित बर्गको आय आर्जन गर्ने कार्यक्रम कार्यान्वयन,कृषकको समेत लागत सहभागितामा अनुदानमा विभिन्न सामग्री वितरण गरी ब्यवसायिक खेतीमा टेवा,विभिन्न स्वास्थ्य शिविर संचालन,पूर्वाधार निर्माण आदि उत्कृष्ठ कार्य गर्दै आउको छ ।

• पुर्वाधार विकास चरण कहाँ पुगेको छ ?
ठेक्काबाट सम्पन्न गर्ने ठूला पूर्वाधार विकासका कामहरू सबै ठेक्का बन्दोबस्त भै सकेको छ । कतिपय काम शुरू भएका छन् भने कतिपय शुरू हुने क्रममा छन् । उपभोक्ताबाट संचालन हुने कार्य भने केही वडा बाहेक धेरै योजना सम्झौता हुन बाँकी छन् । तथापि धेरै योजनाहरूमा सानो सानो बजेट रहेको हुदा कार्यान्वयन गर्न कम समय भए पनि पुग्ने खालका छन् ।
• विकास निर्माण स्थानीयको सहभागिता कस्तो रहदै आएको छ ?
विकास निर्माणमा स्थानीयहरुको चासो अत्यन्तै छ तर सहभागिता पाउन मुस्किल अवस्था देखिन्छ तथापि यस बर्ष वडा नं. २ का उपभोक्ताहरूले नगदै ३० प्रतिसत  लागत सहभागितामा १५ लाख भन्दा बढीको सडक विस्तारको काम गरेको पाइएको छ  । यस्तै उपभोक्ताकाको रूचि र प्रत्यक्ष लाभ हुने योजनामा सहभागिता जुटेको अवस्था छ ।


• विकास निर्माण, शुसासन, सेवा प्रभावलाई कसरी अगाडी बढाईरहनुभएको छ ?
स्थानीय विकास मुलुकको समग्र विकासको आधार स्तम्भ हो । सोही बमोजिम गाउँपालिकाका विभिन्न क्षेत्र र स्थानको आ-आप्नै प्रकारको विशेषता रहेको छ कुनै स्थान पर्यटनका लागि अति उपयुक्त रहेका छन जस्तै पाणिनी तपोभुमी कालिकाठी दुर्वाश्वेश्वर गुफा लगायतका स्थानहरु छन भने केही खेतियोग्य जमिन पशुपालन लगायतका स्थानहरु अति उपयुक्त छन त्यसैगरी केही भेगमा प्रकृतिक जडीबुटी र पशुपालनको सम्भावना बढी छ । यस कारण स्थानीय सरकारको रुपमा पाणिनी गाउँपालिकाले आप्नो अधिकार क्षेत्र भित्र रहि स्थानीय तहमा सम्पादन गर्न सकिने र आवश्यकताका आधारमा विकास सम्बन्धी नीति, योजना कार्यान्वयन गर्दा यस्ता विषयलाई केन्द विन्दुमा राखी नीति र योजना निर्माण गर्नु बढी व्यवहारीक हुने हुनाले सोही बमोजिम विकास निर्माण, शुसासन, सेवा प्रभावलाई अगाडी बढाईएको छ ।


. स्थानीय तहमा कर्मचारी, जनप्रतिनिधी विच तालमेल नहुदाँ काममा समस्या आईरहेको सुनिन्छ यहाँको गाउँपालिकामा त्यस्तो समस्या छ की छैन् ?
सबै क्षेत्रको सन्तुलित विकास हुने गरी जनताका माग बमोजिम आर्थिक विकास,सामाजिक विका, भौतिक पूर्वाधार विकास, विपद् ब्यवस्थापन वातावरण संरक्षण, सुशासन तथा संस्थागत विकास जस्ता सबै क्षेत्रलाइ अगाडी बढाउन गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारी एक भई लागेको अवस्था छ । कहिलेकाँही कतिपय ब्यक्तिगत स्वार्थ जोडिएका विषयहरुमा बाहेक अन्य सबै क्षेत्रमा जनप्रतिनिधि र कर्मचारीको  वीच असल सम्वन्ध छ ।
• हाम्रो आन्तरिक आम्दानीका स्रोतको अवस्था कस्तो छ ?
गाउँपालिकाको यस आ.व. को आन्तरिक स्रोतको अवस्था रु १ करोड ३२ लाख २० हजार अनुमान गरेकोमा हालसम्म ३६ प्रतिशत भन्दा बढी आम्दानी भएको छ । विशेष गरी आन्तरिक स्रोतको रुपमा रहेको ढुङ्गा गिट्टी बालुवा रहेका खोलाहरुको IEE सम्पन्न गरी आय ढेक्काको तयारीमा रहेको छ । यसले गर्दा यस आर्थिक वर्षमा अनुमान गरेको आन्तरिक स्रोत लक्ष्य अनुसार उठ्ने देखिन्छ ।  तथापि हामीले सबै क्षेत्रका सेवालाई करको दायमामा ल्याउन नसकिएको कारण आन्तरिक स्रोत बलियो बन्न सकेको छैन ।
• तिन तहका सरकार विचको समन्वय कस्तो रहेको छ ?
तीन तहको सरकारले राज्यशक्तिको प्रयोग सहकारिता, सहअस्तित्व र समन्वययका आधारमा गर्दछन् । नेपालको संघीयता, स्वशासन र साझेदारी शासनका आधारमा सञ्चालित रहेको छ । संघ प्रदेश र स्थानीय तह बीच रहेको बहुआयामिक अन्तरसम्बन्ध रहेको छ । विषेश गरी प्रशासनीक अन्तरसम्बन्धमा भने संघीय निजमति सेवा ऐन र प्रदेशले स्थानीय निजमति सेवा ऐन हाल सम्म पनी नबन्दा कर्मचारीहरुको वृत्ति विकासमा असर परेको अवस्था भने छ । संघ र प्रदेश संगको लागत साझेदारीमा धेरै योजना र कार्यक्रम सम्पन्न भएका छन् । साथै समय समयमा विशेष अनुदानका कार्यक्रमहरु समेत संचालन भएका छन् तसर्थ तीन तहको सरकार वीचको समन्वय मध्यम खालको रहेको पाइन्छ ।

• सामाजिक सञ्जालमा आएका सवालमा यहाँको धारण के हो ?
हालै सामाजिक संजालमा आएका सवालहरुको बारेमा गहिरिएर हेर्दा गाउँपालिकालाई नै बदनाम गराउने,काम गर्ने कर्मचारीको मनोबल गिराउने तरिकाले सवाल उठाइएको पाइएको छ ।  यस्ता सवालमा कुनै सत्यता छैन । समाबेशीकरण र मूल प्रवाहिकरणका कार्यक्रमहरु लाभग्राहीहरूलाई राम्रो लागेको कार्यक्रम हो । यी कार्यक्रम सम्पन्न पश्चात सहभागिहरुले  आय आर्जन बढाएको  सन्देशहरु प्राप्त भै रहेको अबस्थामा भ्रम फैलाउने सवाल उठाउदा दुःख महसुसभएको छ ।वडा सचिव सहित करिब १४ जनाको दरवन्दी भएको प्रशासन सेवामा केबल ७ जना कर्मचारीले  वडा सचिव र गाउँपालिकाका विभिन्न शाखाहरुमा काम गरीरहेको अवस्थामा भोलीका दिनमा कसरी कर्मचारीलाई उच्च मनोबलका साथ काम लगाउन सकिन्छ  र पाणिनीमा टिकाइ राख्न सकिन्छ भन्ने चुनौति श्रृजना भएको छ । तथापि  विगतमा राजनीतिक सुन्यतामा समेत कर्मचारीहरु जनताको सेवामा निरन्तर लागेको इतिहाँस साक्षी छ । हामी राष्ष्ट्रसेवक कर्मचारीहरु भ्रम फैलाउने तत्वको प्रवाह नगरी अझ बढी इमान्दारीका साथ सेवाप्रवाहमा खट्ने छौं । पाणिनीलाई माया गर्ने सबैलाई रचनात्मक र सकारात्मक सुझाव  उपलब्ध गराउन पनि आग्रह गर्दछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img
spot_img
spot_img
spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार