अर्घाखाँची । सामुदायिक बनमा १० वर्षे कार्ययाेजनाकाे कामले सार्थक रूप लिईरहेकाे सराेकारवालहरूकाे भनाइ रहेकाे छ ।
जिल्लाका दक्षिणखाँचीमा रहेका सामुदायिक वनमा गरिएकाे अनुगमनका क्रममा कार्ययोजना अनुसार काम भएकाेमा बनका पदाधिकारी तथा सदस्यलाई अनुगमनमा रहनु भएका निगमन निकायमा प्रमुखले धन्यवाद दिनुभएकाे थियाे ।
जिल्ला समन्वय प्रमुख जिवनारायण काेइरालाले सामुदायिक बनले स्थानीयकाे मर्म अनुसार काम गरेकाेमा प्रशंसा गर्नुभयाे ।
प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले धिरेखाेला सामुदायिक बन र गैडे सामुदायिक बनले गरेकाे काम प्रति सन्तोष व्यत्त गर्दै आगामी दिन थप रचनात्मक काम गर्न सुझाव दिनुभयाे ।
डिभिजन वन प्रमुख माेहन प्रसाद श्रेष्ठले १० वर्षे कार्ययोजना सामुदायिक वनलाइ व्यवस्थित बनाइएकाे बताउनुभयाे ।
सामुदायिक वनहरूले उप्पादनकाे क्षेत्रमा स्थानियलाई सहयाेगि गरिरहेका छन् । जुद्वबहादुर सुनारले आफनाे गाउँमा केही गर्छाेै भन्नेका लागि सहुलियत दरमा ऋण पनि उपलव्ध गराउदै आएकाे बताउनुभयो ।
सडक अभाव भएका ठाउमा सडक निर्माण तथा सिचाइ नभएका ठाउँमा सिचाइ पुराईएकाे धिरेखाेला सामुदायिक बनका अध्यक्ष नारायण पाैडेलले बताउनुभयाे ।
जिल्ला वन अधिकृत केशर खड्काले अनुशासित काम गर्ने पुरस्कार र गलत गर्नेलाइ दण्ड गरिने बताउनुभयाे ।