९ चैत्र २०८१, शनिबार
९ चैत्र २०८१, शनिबार

पुस १२ गते सम्म चल्ने अर्घाखाँची महाेत्सवकाे प्रदेश प्रमुख मियाद्वारा उढ्घाटन

पुस १२ गते सम्म चल्ने छैठौं अर्घाखाँची कृषि एवं पर्यटन तथा औधोगिक महोत्सव २०८१ को आज सन्धिखर्क -१ कुडुंले फांटमा  सुदुरपश्चिम प्रदेशका मुख्य मन्त्री नजिर मियाले एक कार्यक्रमका बीच उद्घाटन गर्नु भएको छ ।

 

महोत्सवको उद्घाटन गर्दै प्रदेश प्रमुख मियाले महोत्सवले अर्घाखाँची जिल्लाको पर्यटन प्रबर्द्धन र आर्थिक बिकासमा सहयोग पुराउने बताउनु भयो । महोत्सवले अर्घाखाँची जिल्लाको पहिचानलाई देशबिदेश सम्म पुरान सहयोग गर्ने र त्यसका लागी सबै पक्ष  मिलेर अगाडी बढ्नु पर्ने प्रमुख मियाले बताउनु भयो ।

अर्घाखाँचीको पालिमा जन्मिएर सुदुर पश्चिम प्रदेशको प्रदेश प्रमुख बनेका नजिर मियाले अर्घाखाँची जिल्लालाई आफुले जहाँ भए पनि सम्झियर  काम गरेको बताउनु भयो ।  छैटौं औं महोत्सवका उद्घाटन कार्यक्रममा  अर्घाखाँची जिल्लाको कला र संस्कृति झल्काउने   विभिन्न झाकी र नृत्यहरुको प्रस्तुत गरिएको थियो ।

सोमबार बाजागाजा सहित बजार परिक्रमा गरि एक कार्यक्रमका बिच उद्घाटन गरिएको महोत्सवमा पश्चिम प्रदेश प्रमुख नजिर मिया ,प्रतिनिधि सभाका सांसद बिजुला रागमाझी , लुम्बिनी प्रदेशसभा सदस्य रामजी प्रसाद घिमिरे , जिल्ला समन्वय समिती प्रमुख जिवनारायण कोइराला , उधोग बाजिण्य संघका केन्द्रिय सदस्य जमाशेर मिया ,सन्धिखर्क नगरपालिका कार्य बाहक नगर प्रमुख मिश्रा आचार्य, प्रमुख जिल्ला अधिकारी बाबुराम आर्याल, नेपाली कांग्रेस लुम्बिनी प्रदेश सह महामन्त्री बिश्नु मुस्कान, नेकपा एमाले जिल्ला अध्यक्ष पिताम्बर, भुसाल, माओबादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज ठाकुर कुमार बिक किसोर, रास्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति हरि प्रसाद भुसाल, नेकपा एकीकृत समाजबादीका जिल्ला अध्यक्ष राम बहादुर चौहान, जनमोर्चाका गोबिन्द बिसि, विभिन्न राजनीति दल बाट अशोक थापा, राजु नेपाली हरि सि ,महेन्द्र श्रेष्ठ, पत्रकार महासंघका जिल्ला अध्यक्ष गणेश खनाल,  चेम्बर अफ कर्मशका लाल हरि पाण्डे, उद्योग ब्यापार संघका तारा सुनार लगायतले महोत्सव सफलताको सुभकामना व्यक्त गर्नु भएको थियोे ।

महोत्सवमा मौलिक पन झल्कने   लाखे नाच , भैलो नाच , भजन , पन्चेबाजा लगायतका अर्घाखाँचीका कला संस्कृतिहरु प्रस्तुत गरिएको थियो भने गायक हेमन्त शर्माको प्रस्तुतीकरणले महोत्सवमा उपस्थित दर्शकलाइ थप मनोरन्जन दिएको थियो  । कार्यक्रममा स्थाननिय तहका जनप्रतिनिधि विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको आथित्यता रहेको थियो म उद्घाटन कार्यक्रम उद्योग बाणीज्य संघका अध्यक्ष प्रदिप मिश्रको अध्यक्षता उपाध्यक्ष साजन वलिको स्वागत मनतब्य,महासचिव तुल्सी बन्जाडेको संचालकको संचालनमा सम्पन्न भएको थियो  । माघ १२ गते सम्म संचालन हुने महोत्सवमा अर्घाखाँचीको उत्पादन र कला सस्कृतीलाई नै महत्त्वदिने गरि गरि सचीव सन्तोष बस्नेतले जानकारी दिनु भयो ।  महोत्सवमा नेपाल  पत्रकार महासंघले अर्घाखाँची जिल्लाको पर्यटकिय क्षेत्रलाई समेटेर तयार पारेको वृतचित्रको केहि भाग समेत प्रस्तुत गरिएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img
spot_img
spot_img
spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार