७ बैशाख २०८२, आइतवार
७ बैशाख २०८२, आइतवार

शिक्षामा आमूल परिवर्तन गर्नुपर्छ : प्रवक्ता रायमाझी

शोभाखर पन्थी
अर्घाखाँची । सन्धिखर्क नगरपालिकाका प्रवक्ता मोतिजङ्ग रायमाझीले शिक्षा क्षेत्रमा आमूल परिवर्तनको खाँचो रहेको वताउनु भएको छ । भगवती माध्यमिक विद्यालय कुर शंखेटारीमा आयोजित एक कार्यक्रममा मन्तव्य राख्दै उहाँले शिक्षा क्षेत्रमा राज्यले लगानी गरे अनुसार प्रतिफल प्राप्त हुन नसकेको धारणा राख्नु भयो ।

वर्तमान शिक्षा प्रणालीका कारण देशमा बेरोजगारी बढेको उहाँको तर्क थियो ।सन्धिखर्क-२ का वडाअध्यक्ष समेत रहनुभएका उहाँले बढ्दो बैद्धिक पलायन रोक्न र बेरोजगारीको अन्यको लागि वैज्ञानिक र जनवादी शिक्षा प्रणाली लागु गर्नुपर्नेमा जोड दिनु भयो ।रायमाझीले नेपालमा राजनीतिक परिवर्तन भए पनि सामाजिक र आर्थिक रुपान्तरण हुन नसकेको गुनासो गर्नुभयो । उहाँले तत्काल शिक्षा ऐेन जारी गर्न सरकारको ध्यानाकर्षण समेत गराउनु भयो ।


कार्यक्रममा भगवती माध्यमिक विद्यालय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामबहादुर भुसाल,प्रधानाध्यापक ध्रुवबहादुर खड्का,गंगा आधारभूत विद्यालयका प्रधानाध्यापक प्रदिप भण्डारी ,विद्यार्थी साधना के.सी.,अनमोल बन्जाडे लगायतले मन्तव्य राख्दै शैक्षिक गुणस्तरको पक्षमा आवाज उठाउनुभयो ।


कार्यक्रममा यहि चैत ७गते देखी संचालन हुने एस.ई.ई.परीक्षामा सहभागी हुने कक्षा-१० का विद्यार्रथीलाई बधाई तथा शुभकामना प्रकट गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

ट्रेन्डिङ

ताजा समाचार