७ बैशाख २०८२, आइतवार
७ बैशाख २०८२, आइतवार

अर्थतन्त्र सुधार तर्फ छ : ज्ञवाली

नवीन विक ।

देशको अर्थतन्त्रले अहिले सहि बाटो समाएको नेकपा एमाले उपमहासचिव प्रदिप ज्ञवालीले  बताएका छन् । सनिवार सन्धिखर्कमा नेकपा एमाले क्षेत्रीय कमिटी १ र २ ले आयोजना गरेको प्रदेश निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उपमहासचिवले अहिलेको सरकारले विगतमा बिग्रिएको अर्थतन्त्रलाई सुधार्दै गएको बताएका हुन ।

ज्ञवालीले नेकपा एमालेले देशलाई संकटबाट बचाएको पनि बताए । उनले भने ‘अहिले देशको अर्थतन्त्रले सहि बाटो समाएको छ, यसलाई रोकेर अस्थिरता तर्फ लैजाने प्रयास पनि बेला-बेला भइराखेका छन्, देशमा अस्थिरता ठुलो समस्या हो ।’

नेकपा एमालेको नेतृत्वमा सरकार गठन भएपछि रोकिएका विकासका कामहरू रफ्तारमा अघि बढिरहेको जिकिर गरे । ‘कांग्रेस एमालेको संयुक्त सरकार भएपछि देशमा विकासले गति लिएको छ,’ उनले भने ”सुरुङ्ग मार्गको काम देखि अन्य थुप्रै विकास काम अघि बढिरहेका छन् ।’ यस्तै ज्ञवालीले पछिल्लो समय राजावादीहरु सक्रिय भइरहेकाले यस्ता गलत प्रवृत्तिलाई रोक्न आवश्यक रहेको बताए । गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताउँदै राजतन्त्र देशमा फर्कन नसक्ने पनि जिकिर गरे  । नेकपा एमाले प्रदेश निर्वाचन क्षेत्रीय कमिटी १ र २ को बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सनिवार नेकपा एमालेका केन्द्रिय उपपमहासचिव प्रदिप ज्ञवालीको प्रमुख अतिथ्यतामा सम्पन्न प्रशिक्षण कार्यक्रममा क्षेत्र नं. १ र २ का सबै नेताहरूको उपस्थिति रहेको थियो ।

प्रशिक्षण कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले नेकपा एमाले टोल-टोलबाट बलियो हुन आवश्यक रहेको बताए । उनले अहिले नेकपा एमालेले संचालन गरिरहेको वडा केन्द्रित पार्टी निर्माण अभियानमा जनताको घरदैलो सम्म पुगि जनताका गुनासा बुझ्न निर्देशन समेत गरे ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला इन्चार्ज बोम बहादुर विश्वकर्माले वडा देखि केन्द्र सम्म एमाले प्रति एकीकृत बुझाई होस् भन्ने उदेश्यले वडा केन्द्रित पार्टी निर्माण कार्यक्रम राखिएको बताए । सबैभन्दा महत्त्वपूर्ण स्थान वडा रहेकाले पार्टीले अहिले वडा केन्द्रित अभियान संचालन गरेको बताए । उनले अहिले जटिल अवस्था भएकाले पार्टीले विभिन्न कार्यक्रम गर्न थालेको जानकारी दिए । यस्तै उनले नेपालको संविधानलाई कुल्चेर राजा फर्कन नसक्ने समेत बताएका थिए ।

नेकपा एमालेले सार्वजनिक गरेका आगामी चैत २८ गतेसम्मका कार्यक्रमहरु सुनाउँदै नेकपा एमालेका जिल्ला अध्यक्ष पिताम्बर भुसालले एमालेले मात्र जनताको पक्षमा काम गर्ने बताए । भुसालले नेकपा एमाले गणतन्त्रको पक्षमा सधैं दृढताका साथ उभिने बताए । उनले एमाले अर्घाखाँचीका आगामी कार्यक्रमहरु चैत ११ गते अर्थात भोलिबाट सुरु हुने जानकारी दिए ।

कार्यक्रममा केन्द्रिय सदस्य हरि घिमिरे,
केन्द्रीय सल्लाहकार परिषद् सचिवालय सदस्य लक्ष्मण रायमाझी, केन्द्रिय सल्लाहकार परिषद् सदस्य नरेन्द्र कुमार क्षेत्री, प्रदेश कमिटी सदस्यहरु, प्रदेश सल्लाहकार परिषद् सदस्यहरु, नेकपा एमाले जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरु, जनसंगठनका प्रमुख तथा प्रतिनिधिहरु लगायतको अतिथ्यता रहेको थियो ।

कार्यक्रम क्षेत्र नं. २ (ख) का संयोजक युबराज श्रेष्ठको अध्यक्षता, क्षेत्र नं. १ का संयोजक राम बहादुर रायमाझीको स्वागत मन्तव्य र क्षेत्र नं. १ का सचिव कबिराम खनालको संचालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा जिल्ला कमिटीमा मनोनीत सदस्यहरु, क्षेत्रीय कमिटीमा मनोनीत सदस्यहरुको सपथ ग्रहण समेत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

ट्रेन्डिङ

ताजा समाचार