दलित सशत्तीकरण सम्बन्धि २ दिने अन्तरक्रिया सन्धिखर्कमा आज देखि सुरू भएकाे छ ।
सन्धिखर्क नगरपालिका महिला बालबालिका जेष्ठ नागरिक शाखाकाे आयाेजनामा भएकाे कार्यक्रममा सन्धिखर्क नगरपालिकाका १२ वटा वडा दलित समुदाय प्रतिनिधि सहभागिता रहेकाे छ ।
सामाजिक समितिका सभापति नारायण खड्काकाे अध्यक्षता,नगरउपप्रमुख मिश्रा आर्चायकाे प्रमुख अातिथ्यता,तुलसा श्रेष्ठकाे सञ्चालन र बेलकुमारी परियारकाे स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल,नेपाल पत्रकार महासघका अध्यक्ष गणेश खनाल लगायतले शुभकामना मन्तव्य राख्नुभएकाे थियाे ।